धरान । महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार सभापोखरी गाउँपालिका–२ हुत्तिखिमका २३ वर्षीय जीवन भनिने युवराज कार्कीलाई पक्राउ गरेको हो । प्रहरी चौकी बाह्रबिसे सङ्खुवासभाबाट खटिएको प्रहरी टोलीले कार्कीलाई वैशाख ९ गते पक्राउ गरेको हो ।

एक स्थानीय महिलालाई बाटो छेकी हातपात गर्न खोजेको अभियोगमा पक्राउ गरेको छ । उनीमाथि मुलुकी अपराध संहिता, २०७४ बमोजिम अभद्र व्यवहार मुद्दामा म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी अशोककुमार जवेगूले जानकारी दिए ।