श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख १४ गते शुक्रबार, २६ अप्रिल २०२४, कालयुक्त संवत्सर । वैशाख कृष्णपक्षको द्वितीया तिथि ०८ः०४ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र अनुराधा भोलि ०३ः५५ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०५ः२८ बजे र सूर्यास्त ०६ः३४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
छोटो समयमा मनग्य फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ।    
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धनलाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रमाइलो यात्रा हुनसक्छ । परिस्थिति अनुकूल रहे पनि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।   
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।  
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ । पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्।    
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल कामसमेत सम्पादन हुनेछ।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ । काम सम्पादन गर्ने मौका छ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
फाइदाको स्रोत पहिल्याउन सकिनेछ । प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् । कामबाट धनलाभ हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेतले नयाँ अवसर दिलाउनेछ।     
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आँटेको काम सम्पादन हुने समय छ । प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुङ्गिनेछ ।    
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बुद्धिको उपयोगले समस्या सुल्झनेछ। आफ्नो पक्षमा ल्याउन सकिनेछ। विवेकले काम लिने प्रयत्न गर्नुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। दोहो¥याएर प्रयत्न गरे रोकिएको काम पनि सम्पादन हुनेछ।