धरान । धरान–१६ स्थित गुरुङ बिबिक्यू हट किचन तथा पार्टी प्यालेसमा चर्चित सेफ सन्तोष साहले अवलोकन गरेका छन् ।

बिहीबार सेफ साहले किचनको अवलोकन गरेको सञ्चालक धनबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार साह बीबीसीले सञ्चालन गरेको कुकिङ रियालिटी शोमा सेकेण्ड रनर अप भएका थिए ।

त्यसयता चर्चामा रहेका मास्टर सेफ साह देशका विभिन्न स्थानमा पुगी होटल तथा रेष्टुरेन्टहरूमा आफ्ना अनुभव आदान–प्रदानका साथै खानपानबारे बताउने गरेका छन् ।