चतरा / सुनसरीको वराहक्षेत्रको प्राचिन हरिद्वार चतराधाममा शनिवारदेखि नेपालमा मै पहिलो पटक भएको श्रीराम तारकब्रह्म महायज्ञ आजदेखि शुरु भएको छ । महायज्ञको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकिछन् ।
राष्ट्रपति भण्डारीले दिउँसो १ः३० वजे रामानन्द सेवापीठले निर्माण गरेका १२८ कोठा भएको नव निर्मित श्रीराम निकेतन, लक्ष्मण निलियम र जानकी सदनको समेत उदघाटन गरेकि िथिइन । त्यस पछि तारक ब्रह्म महायज्ञको उद्घाटन गरिन ।
उद्घाटन कार्यक्रममा मन्तव्य दिनु हुदैं नेपालमा पहिलो पटक भएको तारक ब्रह्म महायज्ञ राष्ट्रकै गौरव भएको बताइन । उनले बराहक्षेत्र मुलुकै उत्कृष्ट धार्मिक गन्तव्य भएको र रामनन्द सेवापीठको सकृयतामा भएको महायज्ञ कार्यक्रमले यहाँका अझ गरिमा बढाएको बताइन ।
कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्रि शेरधन राईले बराहक्षेत्र प्रदेश १ को प्रमुख धार्मिक पर्यटकीय गन्तव्य भएकोले यसका लागि प्रदेश सरकारले पनि लगानी गर्न लागेको बताए ।
महायज्ञमा शुक्रवार नै भारतको अयोध्या र उत्तरकाशीलगायतका स्थान वाट ७ जना जगद्गुरु,पीठाधीस र महामण्डलेश्वर चतराधाम आइसकेका छन् । १४ करोडको लागतमा आयोजना भईरहेको महायज्ञको समापन यज्ञ पुर्णहुति फागुन ७ गते हुने आयोजकले जनाएको छ ।
महायज्ञ आयोजनाका लागि आयोजक महायोगी सिद्धबाबा अध्यत्मिक प्रतिष्ठान र जगद्गुरु श्रीमानन्दाचार्य सेवापीठ नेपालले चतराधामस्थित श्रीरामान्द सेवापीठ हुनमान मन्दिर परिसरमा ११ तले कलात्मक हवनकुण्ड निर्माण गराएको छ । उक्त् हवनकुण्डभित्र हवनका लागि विभिन्न १०८ प्रकारका हवनकुण्डहरू बनाइएका छन । यही कुण्डमा १२ सय जना साधकहरुले १६ करोड हवानार्चाय सहित १ अर्ब ६० करोड पटक ‘तारकब्रम्ह मन्त्र’ जप गर्ने बताइएको छ । उक्त् महायज्ञमा देश विदेशका प्रकाण्ड आत्यात्मिक विद्वानसहित योग साधकदेखि सयौं योगाचार्य र धार्मिक प्रवक्ताहरूको सहभागिता छ ।

rast rastapati4 rastapati1