पथरीशनिश्चरे। एकसाथ ७ वटा एल्वम विमोचन गराएर चर्चित बनेका गीतकार डाक्टर डीआर उपाध्यायको अगुवाइको ‘प्रतिनाद साङ्गीतिक यात्रा’ प्रदेश १ मा जारी रहेको छ ।
दमकमा गीतकार उपाध्यायले एकसाथ निकालेका ७ वटा गीति एल्बम र साङ्गीतिक यात्राका बारेमा चर्चा गरे। उज्यालो नेटवर्कमार्फत् लोकप्रिय साहित्यिक कार्यक्रम बुलबुल र श्रुती संवेगका प्रस्तोता अच्यूत घिमिरेको संयोजनमा यात्रा जारी रहेको छ । साहित्यकार एवम् पत्रकार भूपेन्द्र तिम्सिनाले गीतसङ्गीतको यसखाले कार्यक्रमले सिर्जना क्षेत्रको मर्म र सम्मानलाई उजागर गरेको बताए । पद्मदीप स्मृति प्रतिष्ठानको आयोजना र सीधा रचना वाचन कार्यक्रमको संयोजनमा सम्पन्न कार्यक्रममा गायिका निशा देशार, सङ्गीतकार सागर अधिकारी र एरेञ्जर सन्तोष श्रेष्ठले सुगम सङ्गीतका ती एल्बमका केही गीतहरू गाएका थिए । गीतकार उपाध्यायको एल्बमहरू ‘जोहो, प्रणय, नशालु नजर, प्रतिनाद, अन्तरा, माउन्टेन मेमोरी, सहेली र खजम’ बारे जानकारी गराइयो । मङ्सिर १९ गतेदेखि सात एल्वम सातै प्रदेश नाराका साथ सुरु भएको अभियान यस अघि सिन्धुली, इटहरी, धनकुटा, इलामको फिक्कल र बिर्तामोड भइसकेको छ ।