धरान । कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले धरानबाट १७ वर्षपछि पक्राउ गरेको छ ।

भोजपुरमा हत्या गरी फरार रहेका भोजपुर भैँसीपङ्खाका ६० वर्षीय चन्द्रबहादुर तामाङलाई पक्राउ गरिएको हो । उनले सोही ठाउँका निमा दावा शेर्पालाई २०६३ साल कात्तिकमा हत्या गरी फरार रहेको आरोप लागेको छ ।

इलाका प्रहरी कार्यालय धरानको सहयोगमा उनलाई मङ्गलबार धरानबाट पक्राउ गरिएको हो । आरोपित तामाङविरुद्ध जिल्ला अदालत भोजपुरबाट गत भदौमा पक्राउ पुर्जी जारी गरिएको थियो ।

खोजीको क्रममा धरानबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सुदीपराज पाठकले जानकारी दिए । पक्राउ परेका तामाङलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।