पथरी । कानेपोखरी गाउँपालिका–६, रमाइलोमा स्थापीत जनएकता बचत तथा सहकारी संस्था लिको १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार जनसेवा माविको प्राङ्गणमा भएको सम्पन्न साधारण सभामा संस्थाले १ करोड २० लाख ९४ हजार ९ सय रुपैया नाफा गरेको प्रतिवेदन प्रस्तुत गरेको छ । संस्थाको कोषाअध्यक्ष इच्छा कोइरालाले आर्थिक बर्ष २०७४÷०७५ मा सो बराबर रकम शुद्ध बचत गरेको सभामा जनाएका थिए । संस्थाले कुल आम्दानी ३ करोड १७ लाख ११ हजार ८ सय १८ रहेको छ । त्यसैगरी कुल खर्च १ करोड ९६ लाख १६ हजार ९ सय रहेको प्रस्तुत प्रतिवेदनमा रहेको छ । संस्थाले गत बर्षको भन्दा यस बर्ष ५०.८३ प्रतिशतले शुद्ध बचत बृद्धि गरेको छ । आर्थिक बर्ष २०७५÷०७६ को प्रस्तावि कार्ययोजना संस्थाका अध्यक्ष भोलाप्रसाद अधिकारीले प्रस्तुत गरेका थिए । २०७४÷०७५को लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक कुमार फुयालले प्रस्तुत गरेका थिए । आर्थिक बर्ष ०७४÷०७५को कार्यप्रगति संस्थाका सचिव अम्बिकाप्रसाद अर्यालले प्रस्तुत गरेका थिए । संस्थाले संस्था प्रति पुप्याएको योगदानको कदर गर्दै बिभिन्न विद्यामा पुरस्कृत र सम्मान गरेको छ । यसरी सम्मानीत हुनेहरुमा नियमित बचत तर्फ काशीदास विन,उत्कृष्ट सेयरमा चन्द्रप्रसाद अधिकारी,एच्छिक बचतमा देवराज फुयल,बाल बचतमा कृष्टिना श्रेष्ठ,ऋण लगानीमा पदमबहादुर पाण्डे र रामचन्द्र शाह, कर्मचारी पुरस्कार लेखनाथ घिमिरे,पूर्व सञ्चालक कृष्णकुमार न्यौपाने र देविमाया सिग्देल सिवाकोटीलाई सम्मान गरेको छ । त्यसैगरी दैनिक बचतमा निर्मला शाह, उत्कृट छात्र र छात्रा पुरस्कारमा जनसेवा माविबाट जिपिए ३.७२ ल्याउने बितिसा न्यौपाने र पिनाकल ज्ञान मन्दिरबाट ३.८० जिपिए ल्याउने डोल्मा तामाङलाई पनि पुरस्कृत गरिएको थियो । त्यसैगरी ७० बर्ष कटेको सेयर सदस्यहरुलाई महिनाको १सयको दरले १२सय रुपैया ८३ जनालाई जेष्ठ सदस्य भक्ता पनि वितरण गरेका थिए । संस्थालेघरायसी,वयवसायी,घरनिर्माण,कृषि,लघुवित,सवारी खरिद,पशुपालन,संस्थागत, शैक्षिक,बैदेशीक रोगार,कर्मचारी,जमानत र सञ्जय कोष ऋणहरु लगानी गर्दै आएको छ ।संस्थाको १९७५ महिला र २१६३ पुरुष गरी जम्मा ४२०६ जना सेयर सदस्य रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले रहेका थिए ।