धरान । माेहम्मद सलाहकाे टिम लिभरपुलले बलिलाे मानिएकाे एम्बाप्पे, नेइमार सम्मिलित टाेली पिएसजीलार्इ पराजीत गरेकाे छ । रोबर्टो फिर्मिनोको इन्जुरी टाइमको गोलसँगै लिभरपुलले च्याम्पियन्स लिगमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनमाथि रोमाञ्चक जित हात पारेको छ ।

मंगलबार राति भएको खेलमा लिभरपुलले बलियो टोली पीएसजीमाथि ३–२ गोल अन्तरको जित निकालेको हो । एन्फिल्डमा भएको खेलमा लिभरपुलले ३० औं मिनेटमा स्टर्डिजको गोलबाट अग्रता लिएको थियो । ६ मिनेटपछि मिल्नरले पेनाल्टीमार्फत अग्रता दोब्बर बनाए ।

खेलको ४० औं मिनेटमा पीएसजीका मुनिरले गोल गरेपछि पहिलो हाफ २–१ मा सकियो । खेलको ८३ औं मिनेटमा एम्बाप्पेले बराबरी गोल गरे । तर, इन्जुरी टाइमको पहिलो मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई रोमाञ्चक जित दिलाएका छन् ।