इटहरी । एक नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले शिक्षालाई रोजगारमुलक बनाउँन प्रदेश सरकार लागी परेको बताए । प्रदेश सरकारले विशेष र छुट्टै शिक्षा नीति ऐन ल्याउने तयारी गरीरहेको उनको भनाई थियो । रााष्ट्रिय माध्यमिक विद्यालय इटहरी १ आँपगाछीाम रहेको चार कोठे नयाँ विद्यालयको भवन उद्घाटन तथा थप दुई कोठे नयाँ निर्माण गरिने भवनको सिलान्यास गदै घिमिरेले सो कुरा बताएका हुन । नयाँ शिक्षा निति अहिलेको आवश्यकता भएको भन्दै घिमिरेले जिवनउपयोगी शिक्षा निति ल्याउँने उद्घोष गरे । कार्यक्रममा प्रदेश सांसद सर्वध्वज सावाले शिक्षामा ब्यापार परिर्वतन ल्याउँन आवश्यक रहेको बताएका थिए । नेपाली काग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलले विद्यायलमा राजनितिक हस्तक्षेप बढ्दै गएको कारण सरकारी विद्यालय धरासायी हुदै गएको बताए । शिक्षामा झण्डाको प्रवेशले विद्यालयहरु ढमाढोल हुदै गएका छन सुधार आवश्यक छ पौडेलले भने । त्यस्तै नेकपा इटहरीका अध्यक्ष रेवती घिमिरेले सरकारी विद्यालयहरुलाई ब्यवस्थान आवश्यक रहेको जनाए । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर विश्वकर्माको अध्यक्षतामा भएकोे उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्रवणकुमार बस्नेतले हाल विद्यालय रहेको १ विगाह १५ कट्ठा जमिनको क्षेत्रमा ४९ लाख १८ हजार रुपैयाँको लागतमा ६ कोठाको विद्यालय भवन निर्माण भएको तथा २० लाख रुपियाँको लागतमा थप २ कोठे पक्की विद्यालय भवन निर्माण गरिने जानकारी दिए।