बाल गायिका अभियन्ता मुकारुङको नयाँ गीत ‘आमा’को भिडियो सार्वजनिक भएको छ ।

कवि सुमित्रा प्रवृत्ति लिम्बुको शब्द र गायक तथा संगीतकार भीषण मुकारुङको संगीत रहेको गीतमा आमाको वणर्न गरिएको छ ।

गीतको भिडियो माता तीर्थ औसीको दिन बुधबार संगीतकार मुकारुङको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।


अभियन्ता भीषण र सुमित्राकी छोरी हुन् । उनले यसअघि पनि गीत रेकर्ड गरेकी छन् । भिडियोमा अभियन्ता र उनकी आमा सुमित्राको अभिनय रहेको छ ।