श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख २७ गते बिहीबार, ९ मे २०२४, कालयुक्त संवत्सर। वैशाख शुक्ल  पक्षको प्रतिपदा तिथि ०६ः३६ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र कृतिका १२ः०८ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमा राशि वृष, सूर्याेदय ०५ः१८ बजे र सूर्यास्त ०६ः४२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला बढाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरन प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धेरै लगानीपछि थोरै प्रतिफल प्राप्त हुनेछ। काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका थप स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा परिवर्तन आउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष कामको जग बसाउने अवसर जुट्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायबाट फाइदा होला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।