धरान । सम्यक शिक्षा आधारभूत विद्यालय धरान–१७ उदय टोलले आफ्नो २५ औं वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

धरान–१७ का वडाध्यक्ष सूूर्यबहादुर (मनोज) भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शैक्षिक सत्र २०८० मा कक्षा प्रथम, दोस्रो र तेस्रो हुने क्रमशः एल.केजीमा बेबो राई, विपिसा राई र दिप्सन राई, कक्षा एकमा एलिसा राई, आयुुसा धामी, सोनिम गुरुङ, कक्षा दुुईमा आहाना राई, रेशम वि.क., रेवन वि.क., कक्षा तीनमा आस्थान राई, आशिष कुँवर, सोया तामाङ, कक्षा चारमा देश लिम्बू, समिर सुयल, शीतल राई, कक्षा पाँचमा अस्मिता कुँवर, शीतल तामाङ, आरती बराइली, कक्षा छ मा आँचल राई, निखिला वि.क., दीपक सुयल, कक्षा सातमा श्रद्धा राई, मोहन रुचाल र सुसान्त तामाङलाई पुुरस्कार वितरण गरेको थियो ।

त्यस्तै वर्षको उत्कृष्ट छात्र कक्षा आठमा अध्ययनरत् मोहन रुचाल र उत्कृष्ट छात्रा कक्षा छ मा अध्ययनरत् शीतल तामाङलाई नगद २ हजार रुपैयाँ र प्रमाण–पत्र प्रदान गरिएको थियो । त्यस्तै धरान राउण्ड टेबल २६ ले विद्यालयलाई १० थान डेस्क बेञ्च, १ सय ५० थान कापी वितरणका साथै कक्षाकोठा मर्मत पनि गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला बुढाथोकीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा विगत आठ वर्षदेखि विद्यालयलाई भौतिक तथा स्टेशनरी सहयोग गर्ने धरान राउण्ड टेबल २६ लाई सम्मान गरिएको थियो । सो कार्यक्रममा सम्यक शिक्षा समूहका अध्यक्ष अनुपमा शाक्य, धरान राउण्ड टेबल २६ का अध्यक्ष सेन्के अग्रवाल तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।