रंगेली  । संविधानले दिएकोे अधिकार नपाएको भन्दै मुलुकका सातैवटा प्रदेशका समाजिक विकास मन्त्री काठमाण्डौमा भेला हुने भएका छन् । बिहीबार विराटनगरमा पत्रकास सम्मेलनको आयोजना गरेर प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले देश संघियतामा गएपनि केन्द्रिकृत मानसिकताको कारण प्रदेश सरकारले आफ्नो अधिकार नपाएको गुनसो गरे ।

उनले प्रदेशले पाउनु पर्ने अधिकार संघले आफैमा केन्द्रि कृत गरेको भन्दै सबै प्रदेशका सामाजिक विकास मन्त्रीहरु साउन ५ गते काठमाण्डौमा भेला हुन लागेको बताए ।

उनले ५ गते काठमाण्डौमा सबै सामाजीक मन्त्रीहरुको बैठक बस्ने र ६ गते संघिय सरकार अन्तरगतका सबै मन्त्रालयमा अधिकार प्रत्यायोजन गराउन दवाव दिने कार्यक्रम रहेको खुलासा गरे ।

मन्त्री घिमिरेले अधिकार केन्द्रिकृत गर्ने मानसिकता अझै पनि हट्न नसकेको बताए । उनले अधिकार संघ, प्रदेश सरकारले आफै सँग राख्न चाहने त्यतिमात्र नभएर पालिकाहरुले पनि वडालाई अधिकार नदिएर आफै राख्न खोजेको आरोप लगाए । संघियतालाई पुर्णरुपमा कार्यान्वयन गराउन तिनै तहको सरकारलाई संविधानले तोकेको अधिकार दिनु पर्ने बताए ।

https://youtu.be/Dj-GMxRhF24