बिर्तामोड(ब्लाष्ट) । इलाका प्रहरी कार्यालय बिर्तामोडले अस्पताल र बिद्यालय परिसरमा बिक्रिका लागि राखिएका सुर्तीजन्य र मदिराजन्य पदार्थ जफत गरेर नष्ट गर्न थालेको छ । प्रहरीले बिर्तामोडमा रहेका अस्पताल र बिद्यालयको १ सय मिटर नजिकै बिक्रिका लागि राखिएका मादक पदार्थ र सुर्तीजन्य पदार्थ नष्ट गर्न थालेको हो । प्रहरीले आइतबार २१ बोतल बियर र एक कार्टुन चुरोट, खैनी र गुट्का नष्ट गरेको छ । अस्पताल र बिद्यालयको १ सय मिटरको दुरीमा सुर्तिजन्य र मदिराजन्य पदार्थ बिक्रि बितरण गर्न प्रतिबन्ध छ । बिर्तामोडको बिर्ता सिटी हस्पिटलको एकसय मिटर भित्र रहेका सुर्तीजन्य र मदिराजन्य पदार्थ नष्ट गरिएको बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले बताए । उनले प्रतिबन्धित स्थानमा बिक्रिका लागि राखिएका त्यस्ता सामग्री बरामद र नष्ट गर्ने अभियानलाई कढाइका साथ लागु गरिने समेत बताए । बिर्तामोड नगरपालिका १ का सदस्य लक्ष्मीप्रसाद बाँस्कोटाको रोहबरमा प्रतिबन्धित सो सामग्री नष्ट गरिएको उनले बताए ।