लक्ष्मीमार्ग/मोरङको बेलबारी ८ मा मदन भण्डारी स्मृति कबर्डहल बन्ने भएको छ । बेलबारी-८ मा रहेको एम्ब्रीयो खेलमैदानमा डेढ करोडको लगानीमा कर्बड हल बन्न लागेको हो ।

१सय ८० मिटर लम्बाई तथा ८० मिटर चौडाईको कबर्ड हल बन्न लागेको एम्ब्रीयो युवा क्लब सल्लाकार रबिन थापाले बताए । एम्ब्रीयो युवा कल्बले २५ औ मदन भन्डारी स्मृति दिवसको अबसर पारेर कबर्डहलको सिलान्यास समेत गरेको छ।

क्लबहलको सिल्यान्यास बेलबारी नगरपालीकाका मेयर ज्ञानेन्द्र सुबेदीले गरेका छन् । सिल्यान्यास गर्दे सुबेदीले नेपालका ठुला नेताहरुको नाम राख्ने खाल्को अभियान नगरपालिकाले संचालन गरेको बताए । खेलकुदका क्षेत्रमा नगरपालिकाले लगानि गर्न कन्जुस्याई नगर्ने समेत उनले प्रतिबद्धता दिलाए । उनले नेपालको नाम खेलकुद क्षेत्र बाटै चिनिएकाले बेलबारीको नाम चिनाउने गरि खेलाडि उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन् ।

२ वर्ष भित्रमा कबर्ड हल बनिसक्ने लक्ष्य रहेको क्लबहलका सल्लाकार थापाले बताए । खेलमैदानमा पितृहरुको सम्झनामा प्यारा फिट निर्माण गरिने समेत थापाले बताए । आफ्ना परिवारको सम्झनामा पाटी,पौवा र चौतारा निर्माण गर्नेहरुलाई प्यारा फिट बनाउन आग्रह गर्दै रविन थापाले भने बनाई दिन्छौ भनेर धेरै जना आइसक्नु भएको छ । कबर्ड हल बने पछि भलिबल ब्याटमिन्टन टेबलटेनिस कराते लगायतका प्रतियोगिता सञ्चालन हुने बिश्वास बेलबारी नगरपालीकाले लिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।