इलाम/इलामआर्थिक वर्ष २०७३/०७४मा उच्च अदालत बिराटनगर इलाम इजलासबाट जम्मा एक हजार चार सय ८४ थान मुद्दामध्ये देवानी ३ तीन सय ५३ थान,दुनियाँवादी फौजदारी एक सय २७ थान,सरकारवादी फौजदारी नौ सय आठ थान,साधक १२ थान,सुरु मुद्दा तीन थान र रीट गरी जम्मा एक हजार चार सय ८४ थान लगत कायम भएको थियो । जसमा अघिल्लो आवबाट जिम्मेवारी सरि आएका सात सय ९५ थान र गत आवमा दर्ता भएकोमा छ सय ८९ थान मुद्दामध्ये एक हजार ६६ मुद्दा फछ्र्यौट भएको उच्च अदालत बिराटनगर इजलास इलामले पत्रकार सम्मेलन गरि जनाएको छ ।

७० प्रतिशत मुद्दाको फछ्र्यौट गर्ने लक्ष्य रहेतापनि ७१.८३ प्रतिशत मुद्दा फछ्र्यौट भएको हुनाले लक्ष्य अनुसार प्रगति हासिँल भएको इलाम इजालासका मुख्य न्यायधिस रमेश पोख्रेलले बताए । उच्च अदालत बिराटनगर इलाम इजलासमा प्रति न्यायधिस दुई सय एक भन्दा बडी मुद्दाको फछ्र्यौट हुने भएकाले ‘ख’ श्रेणीको अदालत रहेको उनको भनाई छ । अदालतमा जिल्ला अदालतबाट सरि आएको २५ प्रतिशत मुद्दा आउने गरेको र अधिकाशं मुद्दाहरु सरकारवादी मुद्दा भएको उनले बताए ।

आर्थिक वर्ष २०७४/०७५ मा गत वर्षको चार सय १८ थान मुद्दा जिम्मेवारी सरि आएको हो । गत आवमा निवेदन प्रतिवेदनका एक सय १४ थान दर्ता हुने अनुमान गरिएकोमा एक सय ४२ थान दर्ता भएको थियो भने७६ थान फछ्र्यौट गर्ने लक्ष्य राखिए तापनि एक सय २१ थान मुद्दा फछ्र्यौट भएकाले निवेदन प्रतिवेदनमा समेत लक्ष्य अनुसार प्रगति हासिँल गरेको न्यायधिश अच्युत भण्डारीले बताए । उच्च अदालत बिराटनगर इजलास इलामले मातहतका अदालत,अर्धन्यायिक निकाय तथा कारागारहरुसँग समेत अनुगमन तथा निरिक्षण गर्ने गरेको छ । न्यायधिशहरुसँगको गाँउगाँउमा,विद्यालयमा साथै पहुँच नपुगेका स्थानहरुमा न्यायमा पहुँच पुर्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरि अदालतका गुनासो समेत सुन्ने र वैधानिक कानुन व्यावसायीबाट निशुल्क रुपमा पिडिँत र असाहय पक्षलाई सेवा समेत प्रदान गरिरहेको छ । अदालतमा आउने अधिकाशं मुद्दाहरुमा मानव बेचविखन,लागुऔषध ओसारपसार,चेलीबेटी बेचविखन र अध्याधिक मात्रामा बालिका बलात्कारका मुद्दा आउने गरेको छ ।

खुला सिमानाका कारण लागुऔषध ओसारपसार र चेलीबेटी बेचविखनका घटना बढेको साथै चेतना अभाव,मानवको पशुत्व व्यावहारका कारण बालिका बलात्कारका घटनाहरु वृद्धि हुने गरेको पोख्रेलले बताए । अधिकाशं मादक पदार्थको सेवनका कारण बेहोसमा नै यस्ता बलात्कारका घटना बढेको हो । सहमतिमा नै गरेका कतिपय घटनाहरुलाई समेत जबरजस्ति करणीका मुद्दा दर्ता हुने गरेको हो । देखेपश्चात मात्र घटनाको मुद्दा आउने गरेकाले कयौँ महिनासम्म घटना लुक्ने गरेको समेत मुख्य न्यायधिश रमेश पोख्रेलले जनाए ।  यस वर्ष भने गत वर्षको चार सय १८ थान मुद्दा जिम्मेवारी सरि आएक र यस आवमा नयाँ दर्ता हुने आठ सय ११ थान मुद्दा गरि जम्मा मुद्दा लगत एक हजार दुई सय २९ मुद्दा कायम हुने अनुमान रहेको छ । यस आर्थिक वर्षमा जम्मा आठ सय ६० मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखिएको छ ।

चालु आर्थिक वर्षको श्रावण एक गतेदेखि असोज २४ गते सम्मको जम्मा लगत पाँच सय ६७ थान कायम भएकोमा एक सय ५४ थान मुद्दा फछ्र्यौट भएको छ भने अदालतमा थुनुवा मुद्दा ६३ थान रहेको छ ।