tuचियागफमा एकदिन साथीहरूसँग सोधेँ– विश्वविद्यालय (त्रिभुवन विश्वविद्यालय) का बेथिति र भ्रष्टाचारमाथि लेख्दा कस्तो होला ? तिनले एकैसाथ जवाफ दिए– हत् ! आपैंmले काम गरेको संस्थाको के धज्जी उडाउनु ? लाग्यो– हो त । आफ्नै आङ कन्याएर के छारो उडाउनु ? दुःखको कुरा त्रिवि परिसरमा सल्केको डढेलो आजसम्म पनि निभेन, बरु भुसको आगोभैंm सल्किएको त्रिविभित्रको भ्रष्टाचार, बेथिति र व्यभिचारले देशमा चल्दै आएका भ्रष्टाचाररूपी सम्पूर्ण हद पूर्वाञ्चल विश्वविद्यालय हुँदै पोखरा विश्वविद्यालय आइपुग्दा नपुग्दै तोडिदेलान् भन्ने प्रायः पुष्टि भइसकेको छ । यस्तोमा ती सबैभन्दा बढी बदनाम मानिएको त्रिवि आइपुग्दा कुन रूपमा नाङ्गिएला ? कल्पनासम्म गर्दा पनि आङ जिरिङ्ग हुन्छ किनभने अन्यत्रको भ्रष्टाचार पदाधिकारी र कर्मचारीको तहसम्म मात्र सीमित देखिन्छ भने त्रिविमा त त्योभन्दा पनि तल्लो तहसम्म भ्रष्टाचार व्याप्त छ । जहाँ दुई विद्यार्थी सङ्ख्या हुँदा १८ जनासम्म अध्यापक १५ दिनमा एकदिन हाजिर मात्र गरेर प्राध्यापकजस्तो विशिष्ट सुविधा हत्याउनेहरूकै सङ्ख्या अत्यधिक होला । अर्कोतर्पm, न त्यहाँ वरीयता न विज्ञताकै कुनै अर्थ छ जहाँ पार्टीगत आधारमा पदोन्नति, स्वार्थगत आधारमा दरबन्दी र फरियावादका भरमा पदाधिकारीको चयन गरिन्छ । यसै पनि छुट्टीले जेलिएको देश हो नेपाल ।  त्यसमा पनि हिउँदे–वर्षे, कर्मचारी–शिक्षक–विद्यार्थी चुनावदेखि अनेक प्रकारका उत्सव–जयन्ती सबै मिलाउँदा त त्रिविमा खुद पढाइका दिन तीन महिना पनि नहोलान् ।  अहिले पो थाहा भयो– यसरी त्रिवि लमतन्न सुतिरहँदा त्यहाँका हाकिम र पदाधिकारीको दैनिकी केमा व्यतित हुँदोरहेछ ? झण्डै तीन महिनादेखि त्रिविबारे पत्रपत्रिकामा प्रकाशित सामग्रीतर्पm म आकृष्ट थिएँ ।  त्यसमा पनि पाँच वर्षअघि २०६६ भदौ २८ को एक दैनिक पत्रिकामा प्रकाशित प्राडा दयानन्द वज्राचार्यको ‘त्रिवि, राजनीति र उपकुलपति’ शीर्षकको लेखले निकै झस्काएको थियो तर दुई कारणले मैले त्यसलाई महŒव दिएको थिइनँ । पहिलो त उहाँ आपैंm त्यस्तो विकृति–विसङ्गतिभित्रको एक सबल पात्र हुनुहुन्थ्यो । अर्को, म यस्तो विकृति–विसङ्गतिको जग राजनीति हो भन्ने मान्यताको व्यक्ति परिनँ ।  मेरो विचारमा ‘राजनीति’ त सबै नीतिहरूको प्रमुख नीति हो ।  अतः दुनियाँका सम्पूर्ण समस्या सल्टाउने नीति नै राजनीति हो तर हाम्रो देशमा राजनीतिलाई जसरी बुझियो अनि जसरी त्यसको आवरणमा आफ्नो वैयक्तिक एवम् कुत्सित स्वार्थ साँधियो, त्यसले आजको स्थिति उत्पन्न भयो ।  वस्तुतः राजनीति भनेको सामाजिक–आर्थिक रूपान्तरणको माध्यम थियो तर यहाँ त्यसलाई आफ्नो स्वार्थ र उन्नतिको माध्यम बनाइयो ।  मानिसले राजनीतिक आडमा आफ्नो स्वार्थ, पदोन्नति र आर्जन गर्ने गरे ।  भ्रष्टाचार त्यसो गर्ने सूत्रात्मक अभिव्यक्ति मात्र होइन, भरपर्दो विधि पनि बन्यो । के राजनीति र त्यसमार्पmत् प्राप्त सार्वजनिक पदहरू त्यसो गर्ने माध्यम हुन् ? के ती पदहरू भ्रष्टाचारकै लागि राज्यले निर्माण गरिएका हुन् ? व्यवहार हेर्दा लाग्छ– त्यस्तै तर योभन्दा ठूलो भ्रम र भ्रष्टाचार के होला ? किनभने वस्तुलाई गलत तरिकाले बुझ्नु नै पनि भ्रष्टाचार हो । यस देशमा पद हत्याउनु भनेकै भ्रष्टाचार गर्न जानु हो भन्ने आममान्यता स्थापितसरह भइसकेको छ ।  हुन त २०५५/०५६ वा त्यसपूर्व नै पनि प्राडा अभि सुवेदीको त्रिविसम्बन्धी एउटा लेख पढेको प्रसङ्ग अहिले पनि थोरै स्मरण गर्छु ।  त्यसमा उनको तर्क थियो–त्रिवि स्वयंभित्रको पितृघाती प्रवृत्तिको कारण समाप्तिको सङ्घारमा छ ।  उता देशमा एकपछि अर्को विश्वविद्यालय खुल्दै गए तर सोही रफ्तारमा त्यहाँभित्रका विकृति–विसङ्गति पनि बढ्दै गए ।  तिनलाई व्यवस्थित गर्ने छाता संस्थाका रूपमा विश्वविद्यालय अनुदान आयोग गठन भयो तर त्यो स्वयं पनि यस प्रकारका विकृति–विसङ्गतिको थलो बनेको तथ्य विश्वविद्यालयसम्बन्धी पछिल्लो अवधिका दर्जनौं समाचारले पनि पुष्टि गरेकै छन् । अर्कोतर्पm, त्रिविभित्रका विकृति–विसङ्गतिविरुद्ध खबरदारी गर्ने अर्को भरपर्दो संस्था नेपाल प्राध्यापक सङ्घ, कर्मचारी सङ्गठन र विद्यार्थी सङ्गठन, त्यसैगरी पार्टी नै पिच्छेका तिनका उक्त सबै ठाउँका सङ्घ–सङ्गठन समेत पनि प्रभावकारी नहुनु थप पीडाको विषय रहेको छ । इमानदारीपूर्वक भन्ने हो भने आज देशको सिङ्गो बौद्धिक वर्गको शिर लाजले झुकेको मात्र होइन, यो परिचय लिएर समाजमा हिँड्नसमेत गाह्रो पर्दै आएको छ । त्रिविको सेवा नै छोड्ने हो कि भन्नेसम्मको स्थिति उत्पन्न भएको छ किनभने पत्रपत्रिकामा आएका विश्वविद्यालयहरूसम्बन्धी जुन समाचार पढ्न अभिशप्त हुनुपरिरहेको छ ।  कुनै पनि सभ्य मानिसले गर्ने अनुमान र विश्वास गर्न धेरै गाह्रो पर्ने विषय वा क्रियाकलाप भन्न नसुहाउने छन् । त्रिविको जाँच–पड्ताल भए योभन्दा घटिया विवरण आए भने कसैले पनि जिब्रो टोकिरहनुपर्ने छैन किनभने त्यहाँभित्र कसरी आ–आफ्नो स्वार्थअनुसार दरबन्दी थपी पदोन्नति पड्काउने, वरीयता र योग्यता मिची पदाधिकारी नियुक्त गर्ने, एउटाले गरेको अनुसन्धान केरमेट गरी अर्कोले पेश गर्ने त्यसैगरी नक्कली कृति खडा गरी पदोन्नति खाने अनि सम्बन्धन र प्रश्नपत्र किनबेच गर्नेलगायतका अनगन्ती भ्रष्टाचार स्थापित प्रायः छन् । सतही रूपमा विश्वविद्यालयभित्रका यस्ता गलत गतिविधि हालैका वर्षमा त्यहाँभित्र देखा परेका विकृति–विसङ्गति र भ्रष्टाचारका रूपमा प्रकट भएको पनि मान्न नसकिने होइन तर यतिले मात्र विषयलाई पटाक्षेप गर्न सकिने छैन ।  किनभने जतिकै भ्रष्ट र नाजायज तरिकाले पदोन्नति र पदाधिकार हत्याएको व्यक्तिले पनि सरकारी रकमबाट निजी स्रोत र साधन किन्ने कुकर्म गर्न सम्भव हुँदैन ।  त्यसैले विश्वविद्यालयहरूमा यस दर्जाको भ्रष्टाचार किन भयो होला ? यो सतही चर्चाले मात्र टुङ्गिने विषय होइन ।  अतः यसमा समाज वा राज्यले निकै गहिरो छानबिन र अनुसन्धान गर्नु अनुपयुक्त हुने छैन किनभने विश्वविद्यालयहरूमा जस्तो भ्रष्टाचार देखापरेको छ, त्यो त्यहाँको मात्र समस्या र दुश्चरित्र होइन ।  त्यस विपरीत आज समाजले जसरी भ्रष्टाचारलाई समग्रमै आफ्नो राष्ट्रिय चरित्र बनाएको छ, त्यसको सूक्ष्म रूप मात्र विश्वविद्यालयहरूमा प्रकट हुँदैछ । जड कुरा के हो भने जसरी देशमा आज पद र प्रतिष्ठा किनबेचका विषय बन्दैछन्, नियुक्त पदाधिकारी उक्त रकम चुक्ता गर्न पनि भ्रष्टाचार गर्न विवश छन् ।  आज एउटा विवाहमा दुई करोड रुपियाँसम्म खर्च हुन थालेको छ ।  २५÷३० लाख रुपियाँ त सामान्य कुरा भएको छ । कतै यसले पनि यी अधिकारीलाई त्यसो गर्न विवश तुल्यायो कि ? त्यसैले यस विषयलाई गहन रूपमा लिइनु अति जरुरी भइसकेको छ ।  वि. सं. २०४७ पछिका कुनै पनि प्राध्यापक वा पदाधिकारी (अपवाद छोड्दा) एकजना पनि त्यसअघिका सोही पदमा नियुक्त प्राध्यापक वा पदाधिकारी बराबर खरो उत्रिन नसक्नुले पनि आज विश्वविद्यालयहरू यस हदसम्म विकृत हुन पुग्नुको जड हो भन्ने निष्कर्षमा पुग्नु त्यति अर्घेलो हुने छैन । त्रिवि वा प्रज्ञा प्रतिष्ठान जस्तो प्राज्ञिक संस्थामा नियुक्त व्यक्ति अवश्यमेव ‘प्राडा’ होला भन्ने मान्यतामा सञ्चार माध्यमहरुले सबैका नामका अगाडि ‘प्राडा’ थपिदिने गरेको पाइन्छ । अन्यथा यति उच्च हैसियतको व्यक्ति सितिमिति उक्त पदमा पुगेको नेपालमा रेकर्ड नभएको मात्र होइन, यी ५० वर्षमा यस्ता पदमा पुग्ने पदाधिकारी विद्यावारिधि र अनुसन्धान त टाढा, सामान्य पाठ्यपुस्तकका लेखकसम्म हुने गरेनन् । त्यसमा पनि २० वर्षयता नियुक्त व्यक्तिमध्ये अधिकांश त स्नातकोत्तर तृतीय श्रेणीका मात्र रहने गरे जो त्रिविमा प्रवेशकै लागि पनि अपर्याप्त योग्यता थिए । हो, तिनीहरू दलका केन्द्रीय नेता वा कार्यकर्ता भने अवश्यमेव थिए ।  दुर्भाग्य ! तिनले विश्वविद्यालयका ठूला पद र पदोन्नति कसरी पड्काए भन्ने अनुमान गर्न त्यति मुश्किल नभए पनि सेवा प्रवेश नै कसरी गरे होलान् भन्ने प्रश्न पनि कम चाखलाग्दो छैन किनभने त्यही बिन्दुदेखि भ्रष्टाचार शुरु छ, रोपिएको छ । अनि एउटा भ्रष्ट पृष्ठभूमिबाट आएको व्यक्तिले भ्रष्टाचार नगरे गर्छ के ? जुन कुरा घिनलाग्दो रूपमा विश्वविद्यालयमा देखापरेका व्याप्त भ्रष्टाचारले पनि सिद्ध गरे । त्यसैले आज केही वर्षअघि चिकित्साशास्त्रका तत्कालीन डिन डा प्रकाश सायमीलाई शिक्षण अस्पतालभित्रको ‘लफडा’ के हो भनी सोधेको प्रश्नको उत्तरमा ‘तपाईं जुन कुर्सीमा बसिरहनुभएको छ । त्यही कुर्सीमा बसेर सम्बन्धन सम्बन्धमा एकजना बिचौलियाले पाँच करोडको पोको प्रस्तुत गर्दा त्यसलाई मैले अस्वीकार गर्नु नै त्यसको जड हो’ भनेको जवाफ अहिले पनि झलझली सम्झन्छु । यति एउटा अभिव्यक्तिले विश्वविद्यालयभित्रको भ्रष्टाचार प्रकरण के हो ? स्वतः स्पष्ट हुन आउँछ ।