श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल भदौ २७ गते शनिबार, १२ सेप्टेम्बर २०२६, रौद्रनाम संवत्सर। भाद्र शुक्लपक्षको प्रतिपदा तिथि ०७ः४६ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र उत्तरफाल्गुनी १४ः०८ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्योदय ०५ः४७ बजे र सूर्यास्त ०६ः१०बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। अध्ययनमा धेरै समय जुट्न नसकिएला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
महŒवाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्र काममा समेत बाधा पु¥याउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ। छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र असमझदारीले आफन्तजन टाढिन सक्छन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। आस मारेको नतिजा सकारात्मक हुन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसकिएला। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ। सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आलोचकहरूलाई व्यवहारले समेट्नुहोला। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला।