श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख १६ गते आइतबार, २८ अप्रिल २०२४, कालयुक्त संवत्सर। वैशाख कृष्णपक्षको चतुर्थी तिथि ०८ः४१ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र मूल भोलि ०५ः०७ बजेसम्म,  उप्रान्त पूर्वाषाढा, चन्द्रमा राशि धनु सूर्योदय ०५ः२६ बजे र सूर्यास्त ०६ः३५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले उपचारमा खर्च बढ्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
यात्रा कष्टपूर्ण हुनेछ र अरूको विश्वास गर्दा आफ्नो काम रोकिन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कमजोर नतिजा सच्याउन काम दोहो¥याउनुपर्ने हुन सक्छ। लगनशीलताले लाभ उठाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। साथीभाइको सहयोगले काममा उत्साह मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानी बढाउने काम सुरु हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। रमाइलो यात्रा हुन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयम् पछि पर्नेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएको काम सम्पादन हुनेछ र नयाँ काम गर्ने अवसरसमेत जुट्नेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शुभचिन्तकहरूले साथ दिनेछन्। प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सानो प्रयत्नले नै लक्ष्य प्राप्त हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।