श्री शालवाहनीय शाके १९४५ ने. सं. ११४४ वि. सं. २०८० साल चैत २० गते म‌ङ्गलबार, २ अप्रिल २०२४, पिङ्गलनाम संवत्सर । चैत्र कृष्ण पक्षको अष्टमी तिथि २०:३५ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र पूर्वाषाढा २३:११ बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रमा राशि धनु, सूर्योदय ०५:५३ बजे र सूर्यास्त ०६:२१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि. लुि, द, ले, लो, अ)
प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरुका लागि समय, धन र बुद्धि खर्चनु पर्ला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विगतका कमजोरीमा क्रमशः सुधार आउनेछ। लगनशीलताले उपलब्धि हातलागी हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। कर्मको फल प्राप्त नभए पनि पछिलाई सहज पार्न सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थितिको चक्रमा अलमलिनु पर्दा काम बन्न समय लाग्नेछ । शरीर अस्वस्थ रहला । थालेको काम प्रयत्न गर्दा सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नियमित काम सम्पादन हुनेछन् तर, कमजोर नतिजा सच्याउन काम दोहोऱ्याउनु पर्ला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारमा फाइदा हुनेछ । सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला। परिस्थिति अनुकूल रहनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले - व्यक्तित्वमा निखारता आउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ।

- धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापारको सिलसिलामा यात्रा हुन सक्छ। भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो द)
नयाँ योजना शुभारम्भ गर्ने समय छ। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शत्रुता साध्नेहरू स्वयम् कमजोर हुनाले फाइदा हुनेछ। खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनसक्छ । 

ज्यो.पंः मोहन घिमिरे मो.नंः ५८१०४२५२५१