श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल माघ २० गते शनिबार, ३ फरवरी २०२४, पिंगल संवत्सर, माघ कृष्ण  पक्षको अष्टमी तिथि १७ः४० बजेसम्म उप्रान्त नवमी, नक्षत्र विशाखा  भोलि ०७ः३६ बजेसम्म अनुराधा, चन्द्रराशि–तुला, सुर्योदय ०६ः४९ बजे र सुर्यास्त ०५ः४५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । प्रियजनसँग रमाइलो भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अतिथिको रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । मित्रताको बन्धन कसिलो हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काममा आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारजनको साथले काममा उत्साह जगाउनेछ । भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ । बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन् । पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रतिस्पर्धाको दौड जिताउन सक्छ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । काम सम्पादन गर्न सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ । गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काममा चुनौती देखिए पनि घरमा लक्ष्मी भि†याउने समय छ । आजको कामले दिगो फाइदा हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मित्रजन सहयोगीका रूपमा देखा पर्नेछन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ ।