बीपी काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मनोरोग विशेषज्ञ प्रा. डा. धनरत्न शाक्यले मानसिक स्वास्थ्य बारे सचेत रहन अाग्रह गरेका छन् ।

रोटरी क्लव अफ भक्तपुरका पदाधिकारीहरु सहितको समूहसँग मानसिक स्वास्थ्यबारे चेतनामूलक अन्तरक्रिया गर्दै प्रा.डा. शाक्यले यस्ताेे अाग्रह गरेका हुन् । उनले मानिसको आनीबानी, बोलीब्यवहार, भावना, सोच आदिमा देखिएका परिवर्तनका अाधारमा मानसिक राेगकाे पहिचान गर्न सकिने बताए ।

मानसिक रोगका लक्षण नै हुन् कि भन्ने कुरा स्वयम्ले, परिवार, साथीभाई, इष्टमित्रहरुले कसरी बुझ्ने? मानसिक स्वास्थ्य के हो ? कसरी मानसिक समस्या उत्पन्न हुन्छर लगायत् मानसिक रोगहरुका लक्षणहरु र उपचारका सवालहरुमा सहभागीहरुलाई प्राध्यापक डा. शाक्यले अन्तरक्रियात्मक प्रशिक्षण दिएका थिए ।