म्यान्माको सैनिक सरकारले कारागारमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको जीवनलाई उपचार र खानाबाट वञ्चित गरेर खतरामा पारेको आरोप उनको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एलडिसी) ले लगाएको छ । 

हामी विशेष चिन्तित छौं किनकी उनले चिकित्सा सेवा प्राप्त गर्ने नसकेको भन्दै सैनिक  सरकारले उनको जीवनलाई जोखिममा पार्ने उद्देश्यले स्वस्थ खाना र उचित आवासको सुविधा नभएको यदि उनलाई केहि तलमाथि भएमा त्यसको जिम्मेवार सैनिक सरकार लिनु पर्ने  एलडिसीले एक विज्ञप्ति निकालेर भनेको छ । 

हालैका दिनहरूमा स्थानीय सञ्चारमाध्यमले ७८ वर्षीय नोबेल पुरस्कार विजेता नेत्री दाँतको सङ्क्रमणको कारण बेहोस हुने, बान्ता गर्नेलगायत समस्याबाट पीडित भएकी हुदा  खाना खान असमर्थ रहेको जनाएका छन् । सन् २०२१ को फेब्रुवरीमा सैन्य विद्रोहपछि सत्ताच्युत गरिएकी नेत्री सुचीलाई सोही समयदेखि हिरासतमा राखिएको छ ।

सैनिक शासनको विरोधसँगै म्यान्मा गृहयुद्धमा प्रवेश गरेपछि हजारौँले ज्यान गुमाएका छन्  म्यान्मामा हिंसाका घटना निरन्तर बढिरहेका छन् । गत जुलाईमा उनलाई राजधानी नेपीट जेलबाट नजरबन्दमा सारिएको थियो तर अहिले उनलाई कहाँ राखिएको छ भन्न समेत स्पष्ट नभएको बताएका छन्।

यसअघि उनका कान्छा छोराले पनि सैनिक हिरासतमा रहनुभएकी आफ्नी आमालाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप लगाएका छन् । दाँत र गिजाको गम्भीर समस्याका कारण आफ्नी आमा केही दिनदेखि अस्वस्थ भइ खाननसक्ने अवस्थामा पुग्नुभएको उनका छोरा किम एरिसले बताएका छन् । नेत्री सुची न्यून रक्तचापबाट समेत पीडितरहेको । उनको आफ्नी बिरामी आमालाई स्वास्थ्य सेवा उपलव्ध गराउन सैन्य सरकारसमक्ष कारागारका अधिकारीहरूले गरेको अनुरोधलाई सैनिक नेतृत्वले अस्वीकार गरेको बताएका छन् ।

म्यान्माका सबै राजनीतिक दलहरूको गठबन्धन निर्वासित राष्ट्रिय एकता सरकारले अन्तरराष्ट्रिय समुदायलाई नेत्री सुची जस्ता राजनीतिक  बन्दीहरूलाई उचित उपचार सेवा उपलब्ध गराउन सैनिक शासकलाई दबाब दिन आग्रह गरेको छ । विश्वका धेरै नेताले  पनि उनको निःशर्त रिहाइको माग गरेका छन् । साथै उनीहरूले पक्राउ गरिएका विपक्षीलगायत सबैलाई हिरासतमुक्त गर्न आह्वान गरेका छन् ।