भोजपुर / भेडापालन व्यवसायबाट मनग्य आम्दानी हुने भए पनि चरन क्षेत्रका कारण भोजपुरका किसान चिन्तामा परेका छन् । भेडापालनका लागि प्रशस्त चरन क्षेत्र चाहिने हुदा । चरण क्षेत्र  अभाव भएको छ । सामुदायिक वनले भेडा चराउन रोक लगाएपछि समस्या भएको किसानहरुले बताए। 

चरन क्षेत्रको अभावले व्यवसाय नै सङ्कटमा परेको   भेडापालक कृषक गोविन्द बस्नेतले बताएका छन् । चरन क्षेत्रको अभाव हुदा भेडा पाल्न सक्ने अवस्था नभएपछि व्यवसाय नै छाड्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । चरन क्षेत्रको अभाव संगै व्यवसाय सङ्कटमा पर्दै गयो, बस्नेतले भने, “सामुदायिक वनलाई शुल्क तिरेर भेडा चराउनु पर्छ । त्यही पनि सहजरुपमा   नपाईने हुदा समस्या हुने गरेको उनको भनाई छ ।

बर्खाको समयमा माथिल्लो भेगमा गोठ लैजाने भएकाले केही सहज भए पनि हिउँदको समयमा भने धेरै समस्या हुने गरेको उनले बताउछन्  । लेकाली भेगमा गोठ लैजाँदा डाँडा पाखामा चराउन सहज नै भए पनि तल्लो भेगमा झारेपछि भेडा बचाउन नै कठिन हुने बस्नेतले बताउछन् । यो व्यवसायबाट आम्दानी त राम्रै हुने गर्छ तर मुख्य समस्या नै चरनको छ । बर्खाको समयमा त जसो तसो लेकतिर लगेर पाल्छौँ । हिउँदको समयमा तल्लो भेगमा झार्नुपर्ने भएकाले चरन क्षेत्रको निकै समस्या हुने गरेको छ ।

भेडाको घ्यूसँगै मासुकोसमेत बजारमा माग छ । त्यस्तै भेडको ऊन, घ्यु, मही, छुर्पीलगायत विक्रीबाट मनग्य आम्दानी हुने भएपनि चरन क्षेत्रको अभावका कारण भेडा पाल्न  चुनौती रहेको किसानहरु बताउँछन् । ऊनबाट बन्ने राडी, पाखी, लुकुनी लगायत पनि किसानको आम्दानीको श्रोतको रुपमा रहेको छ ।

आम्दानी पर्याप्त हुने भएपनि भेडापालन व्यवसायमा चरन क्षेत्रसँगै अन्य धेरै समस्या रहेको भेडापालक किसान मिडु शेर्पाले बताउछन् । । यस्तै बाघ, भालु तथा कुकुरले पनि भेडा मार्ने समस्या छ । भेडामा देखिने विभिन्न रोगका कारण पनि समस्या हुने गरेको छ । भेडामा धक्ने, छेर्ने, ढाडिनेलगायत रोग देखिने गरेको उनि बताउछन् ।

भेडापालन व्यवसाय असहज बन्दै गएको छ । शेर्पा भन्छन् । चरन क्षेत्रमा सामुदायिक वनले महङ्गो शुल्क लिने गरेका छन् । चराए बापत एकजनाले वार्षिक रु एक हजारदेखि रु पाँच हजारसम्म शुल्क तिर्नुपर्ने हुन्छ । चरन क्षेत्रको अभावले कतिपय व्यवसाय नै छाड्न बाध्य भएका छन् । राज्य संग भेडापालन गर्न सहज वातावरण बनाउन किसानहरुको माग छ । 

किसानहरु भन्छन् हामीले पुर्खौली पेसालाई निरन्तरता दिँदै आएका छौँ । चरन क्षेत्रलगायत अन्य विभिन्न कारणले गर्दा धेरैले व्यवसाय छाड्दै गएका छन् । किसान शेरबहादुर कठेतले बताए । मैयुङडाँडा क्षेत्रमा २८ भन्दा बढी व्यावसायिक भेडीगोठ छन् । सरकारले भेडापालक कृषकलाई आवश्यक प्रोत्साहनका कार्यक्रमसँगै निःशुल्क पशु बीमा गरिदिए सहज हुने किसानअरुको भनाई रहेको छ ।