विजयपुर । बराहक्षेत्र मेलाको अवसरमा धरान उपमहानगरपालिकाले मंसिर ८ गते स्थानीय बिदा दिने निर्णय गरेको छ ।

मंसिर ८ गते कार्तिक शुक्ल पूर्णिमाको अवसरमा बराहक्षेत्र मेला लाग्ने भएकाले नगर प्रमुखस्तरीय निर्णयअनुसार बिदा दिइएको उपमहानगरले जनाएको छ । उपमहानगरपालिकाले जारी गरेको सूचनाअनुसार उक्त दिन धरान उपमहानगरपालिकाका वडा कार्यालय, स्वास्थ्य संस्था तथा कार्यालयहरू (अत्यावश्यक सेवाबाहेक) र क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्थामा स्थानीय बिदा हुनेछन् ।