धरान । मिस धरान आइकन दोस्रो संस्करणको पहिलो अडिसन धरानस्थित हाङ्कोक सारङ कोरियन रेष्टुरेन्टमा भएको छ ।

धरानका विभिन्न कलेज एक्टिभेसन तथा अनलाइन फर्ममार्फत् सहभागी भएकाहरूबीच पहिलो अडिसन मङ्गलबार सम्पन्न गरिएको हो । प्रतियोगिताका लागि ११ जना प्रतियोगी सहभागी भएको आयोजक ब्ल्याक पिग इन्टरटेनमेन्टले जनाएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका युवतीहरू प्रतियोगितामा भाग लिन पाउने व्यवस्था गरिएको छ ।

पहिलो अडिसनको निर्णायकमा कोरियोग्राफर प्रोजिता लामा, मिस धरान आइकनको फस्ट रनरअप प्रेजिना राई र सेकेन्ड रनरअप श्वेता विश्वकर्मा पोखरेल रहेका थिए । हरिहाङ तिगेलाका अनुसार अनालाइनबाट फर्महरू भरी आवेदन दिन सक्ने जनाएको छ । अडिसनबाट फाइनल राउन्डका लागि २० जना युवतीहरू छनौट गरी प्रशिक्षण दिने भएको छ ।

उनीहरूलाई व्यक्तित्व विकास, फेसन, ¥यामवर्क, सौन्दर्यसम्बन्धी ज्ञान, पर्यटन, इतिहास, क्याटवकलगायतका प्रशिक्षण दिइने भएको छ । विजेताले नगद ५० हजार, फस्ट रनरअपले नगद ३० हजार र सेकेन्ड रनरअपले नगद २० हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गर्ने तिगेलाले जानकारी दिए । पहिलो संस्करणको विजेता आशमाया राई रहेकी थिइन् । फाइनल आउँदो असोज २६ गते धरानमा गरिने भएको छ ।