श्री शालवाहनीय शाके १९४३ ने. सं. ११४३ वि. सं. २०८० साल भदौ २४ गते आइतबार, १० सेप्टेम्बर २०२३, पिङ्गलनाम संवत्सर। भाद्र कृष्णपक्षको एकादशी तिथि २१ः४४ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र पुनर्वशु १७ः१९ बजेसम्म,   उप्रान्त पुष्य, चन्द्रमा राशि मिथुन, सूर्योदय ०५ः१४ बजे र सूर्यास्त ०६ः४६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सुरुमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् ।
वृष बा, बि, बु, बे, बो)
प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। वचन पु¥याउन नसक्दा आलोचित बन्नुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
हातमा आएको रकम अरूका लागि खर्चनु पर्नेछ। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बुद्धिको उपयोगले काम बनाउन सकिनेछ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर जुट्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। मनपर्ने वस्तु उपहार प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिलेको सफलताले थप हौसला जगाउनेछ।आफ्नो उपलब्धिमा अरूले दाबी गर्न सक्छन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ला।