धरानमा देशकै ठूलो र अत्याधुनिक यामाहाको ब्लु स्क्वायर शो रुमले बिक्री सेवा सुरु गरेको छ । धरान ८ स्थित लांघाली चोकमा यामाहाको आधिकारिक बिक्रेता विजयपुर ट्रेडर्सले मुलुककै ठूलो ब्लु स्क्वायर शोरुम स्थापना गरी सर्भिस, सेल्स र स्पेयर पार्ट्सको सेवा सुरु गरेको शुक्रबार साँझ जानकारी गराएको छ ।  

Blue Square Showroom Yamaha Dharan (3)

ब्लुस्क्वायर शोरुममार्फत् नेपालमा पहिलो पटक हाइब्रिड स्मार्ट मोटर जेनेरेटर सहितको रे जेड आर १२५ हाइब्रिड स्कुटर सार्वजनिक गरिएको हो । शुक्रबार साँझ पत्रकार सम्मेलनमार्फत् संघीय प्रहरी इकाइ धरानका प्रमुख एसपी भीम दाहालले हाइब्रिड स्कुटरको अनावरण गरे । धरानमा सवारी पारखीहरुको चाहाना बुझेर विजयपुर ट्रेडर्सले पहिलो पटक हाइब्रिड स्कुटर ल्याएकामा एसपी दाहालले खुसी व्यक्त गरे । 

Blue Square Showroom Yamaha Dharan (2)

२ लाख ७९ हजार ९ सय रुपैयाँ न्युनतम मूल्य रहेको स्कुटर स्ट्यान्डर्ड, डिलक्स, प्रिमियम र प्रिमियम प्लस गरी ४ ट्रिममा उपलब्ध छ । मुलुकमै पहिलो पटक धरानबाट सार्वजनिक गरिएको ‘रे जेड आर १२५ मा शक्तिशाली एयरकुल्ड, फ्युल इन्जेक्टेड ‘१२५ सीसी ब्लुकोर इन्जिन’  रहेको विजयपुर ट्रेडर्सका प्रवन्ध निर्देशक प्रभाव खतिवडाले जानकारी दिए ।

Blue Square Showroom Yamaha Dharan (4)

स्मार्ट मोटर जेनेरेटरले इन्जिन स्टार्ट गर्ने र इन्धनबाट स्कुटर चल्ने भएकाले पनि स्कुटरलाई उन्नत प्रविधिको अर्थात् हाइब्रिड स्कुटरका रुपमा परिचय गराइएको छ ।