धरान |

गायक साक्थिम योङ्याँ र गायिका मेलिना राईको स्वर रहेको लोक गीत ‘धरान सहर’को भिडियो छायाँकन भएको छ ।

भिडियोमा रेखा फागो लिम्बु र युमन सोदेम्बा लिम्बुको भूख्य अभिनय रहेको छ । मिडिया कनेक्सनको प्रस्तुति रहेको भिडियोको निर्देशन देवजङ थापाले गरेका हुन् भने निर्माता प्रकाश आङ्बुहाङ रहेका छन् । 

गीतको शब्द विष्णु खजुम र लय संकलन गायक साक्थिमकै रहेको छ । भिडियो चाँडै रिलिज हुने बताइएको छ ।

IMG-8485