विराटनगर । कोशी प्रदेश सरकारले शनिबार विराटनगरमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाएको छ ।
संविधान दिवस मूल समारोह समितिको आयोजनामा सभागृहबाट निकालिएको प्रभातफेरीले नगरका विभिन्न क्षेत्रको परिक्रमा गरी सहिद मैदानमा पुगेर सम्पन्न भएको थियो ।
प्रभातफेरीमा विभिन्न समुदायका सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो । सहिद मैदानमा आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङ प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा मुख्यमन्त्री हिक्मत कुमार कार्की, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश, प्रदेश सरकारका मन्त्री, सरकारी निकाय तथा सुरक्षा निकायका प्रमुखलगायत सहभागी थिए । संविधान दिवसका अवसरमा आयोजित निबन्ध, हाजिरीजवाफ र खेलकुदलगायत प्रतियोगिताका विजेतालाई समारोहमा पुरस्कार प्रदान गरिएको थियो ।