धरान । किरात मिथकमा आधारित नाटक ‘खुवालुङ’ धरानमा प्रदर्शन भईरहेको छ । 

केही वर्षयता चर्चामा रहेको ‘खुवालुङ’ दुधकोशी, अरुण र तमोर नदीको संगमस्थल त्रिवेणीको मुन्दुममा वर्णित विशाल ढुङ्गा हो । किरातका पुर्खाहरु यहि ठाउँबाट छरिएर पुर्वी पहाडका विभिन्न ठाउँमा बसोवास गरेको कथा पाईन्छ । नाटकमा किरात पुर्खाहरुको यहि संघर्षको कथा प्रस्तुत गरिएको छ । खुवालुङ नाटक दर्शकले मन पराएका छन् । 

किरात राई यायोक्खा सुनसरीको आयोजनामा धरान सभागृहमा प्रदर्शन भईरहेको नाटक राजन मुकारुङको लेखन र किरण चाम्लिङ राईको निर्देशनमा तयार भएको हो । धरान उपमहानगरपालिकाको मुख्य प्रायोजनमा नाटक प्रदर्शन भएको हो । नाटकलाई गोर्खा ब्रुअरीको टुबोर्ग वियर, गोर्खा फाईनान्स, धनकुटाका साँगुरीगढी गाउँपालिका र सहिदभूमी गाउँपालिका, भोजपुरको पौवादुङ्मा गाउँपालिका, उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाले सह–प्रयोजन गरेका छन् ।

नाटकमा संयोग गुरागाईं, सविना थापा, छेजिङ भुटिया, पार्वती राई, याङ्साङ मुकारुङ, मणिकुलुङ राई, सयोक मुकारुङ, रमिला मोक्तान, प्रशंसा गुरुङ, मनोज म्याक्स, हिरन राई, मनहाङ लावती, अनु थापा, इङ्गि होपो कोईच सुनुवार, रोश्नी स्याङ्वो, शक्ति बाहिङ राई, दिपा सुहाङ लिम्बु, रमिता राई, सुशिल तामाङ, सारा राई लोहरुङ, बेदना राई, रियर राई र युवाहाङ राईले अभिनय गरेका छन् । थैली इन्टरटेन्मेन्टको प्रस्तुती रहेको नाटक भदौ २७ गतेबाट असोज ५ सम्म प्रदर्शन हुने बताईएको छ । नाटक शुक्रबार, शनिबार र आईतबार भने दिउँसो १ बजे पनि प्रदर्शन हुने आयोजकले जनाएको छ ।

तस्विरहरु : उपेन्द्र चाम्लिङ

upendra dai

20220913_190142


20220913_182814(0)

20220913_183335

photo

20220913_195953