पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका सुख्खा क्षेत्र घोषणा भएको स्थानीय तह हो । वर्षेनी सुख्खाको कारण पानीका श्रोतहरु सुक्दै जानथालेपछि कुम्मायक—१ नम्बर वडाले पर्यावरण जोगाउन वृक्षारोपण अभियान अघि बढाएको छ ।
बसाइ सराईले खाली हुदै गएको बाँझो जमिनमा वृक्षारोपणको अभियान अघि बढाएको हो । सोही अभियान अन्तरर्गत गत आर्थिक वर्ष २०७८—०७९ मा गाउँपालिकाको ४ लाख रकमबाट ५० हजार खोटे सल्लाका बिरुवा पाँच वटा वडामा बितरण गरेको छ
गाउँपालिकाको कुल १२९ दशमलव २९ क्षेत्रफल मध्ये ४७ दशमलव ९३ क्षेत्रफल वनजंगल क्षेत्र पर्छ । वडामा उत्पादन गरिएको खोटे सल्लाको बिरुवा प्रति किसान एक हजार वटासम्म बितरण हुदै आएको छ । किसानको माग अनुसार बिरुवा बितरण गरिएको छ । वडाले बितरण गरेको बिरुवा बाँझिएका खाली जमिनमा वृक्षारोपण गर्न उपयोगी हुने स्थानीय गणेश नेम्वाङले बताए ।
आफुसंग खाली जमिन ६० रोपनी क्षेत्रफल रहेको बताउदै उनले खोटे सल्लाका एक हजार बिरुवा रोप्न लागेको बताए ।
गाउँपालिकाले सबै वडामा बितरण गर्न भन्दै पालिकाको ४ लाख रकममा ५० हजार खोटे सल्ला लगाएको थियो । भौगोलिक रुपले खोटे सल्लाको विरुवा हुर्कने भएकाले किसानको मागको आधारमा नर्सरी उत्पादन गरेको गाउँपालिकाले जनाएको छ ।
स्थानीयले नीजि जग्गा र सामुदायिक विद्यालयमा समेत वृक्षारोपण अभियान अघि बढाएका छन । नर्सरी उत्पादन स्थलमा पुगेका कुम्मायक २ स्थीत फाक्थुवा आ.बि.का विद्यालय व्यवस्थापन चन्द्र बहादुर लावतीले एक हजार विरुवा विद्यालयको जग्गामा वृक्षारोपण गर्न लागेको बताए । “अहिले विद्यलायको २० रोपनी जग्गा मध्ये १५ रोपनी बाँझो छ । सोही जग्गामा खोटे सल्लाको बिरुवा रोप्न लागेको लावतीको भनाइ छ ।
गाउँपालिका मात्रै होइन् वडाले आफ्नो बजेटबाट नर्सरी उत्पादन गरी बितरण गर्दै आएको छ । वडाले आर्थिक वर्ष २०७४÷०७५ र २०७५÷०७६ गरी दुई आर्थिक वर्षमा नीजि वन विस्तार अभियान अन्तरर्गत वृक्षारोपण अभियान सुरु गरेको थियोे ।
दुबै आर्थिक वर्षमा ८ लाख बजेट खर्च गरेको वडाले आठ प्रजातिका १ लाख, गाउँपालिकाको ५० हजार र वन कार्यालय यासोकको ४० हजार गरी एक लाख ९० हजार बिरुवा गाउँपालिकावासीलाई बितरण गरिएको कुम्मायक—१ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताए ।
गाउँपालिका र वडामा बढ्दै गइरहेको बसाइ सराइका कारण बाँझिएका जमिनमा वृक्षारोपण गरी बातावरणीय पर्यावरणलाई जोगाउँने उदेश्यले यो अभियान अघि बढाएको लवातीको भनाइ छ ।