तेहरानको बाहिरी इलाकामा जन्मदिनको भोज आयोजना गरिएको एक  रेस्टुरेन्टमा भएको आगलागीमा परी आठ जनाको मृत्यु भएको छ । धुवाँबाट निसास्सिएर चार बालबालिकासहित आठ जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले बुधबार जानकारी दिएको हो । 

राजधानीको पश्चिममा रहेको एन्डिसेह सहरमा मंगलबार साँझ आगलागी भएको सरकारी समाचार संस्था इर्नाले जनाएको छ । सात जनाको घटनास्थलमा र एक तीन वर्षीय बालकको अस्पतालमा मृत्यु भएको तेहरान प्रान्त रेड क्रिसेन्टका अधिकारी शाहिन फाथीले समाचार इर्नालाई बताएका छन् ।