बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान यस्तो एउटा ‘टेरोटेरी’ भएको क्षेत्र हो । जहाँ उपचारमा मात्रै हुँदैन, शिक्षा र अनुसन्धान पनि हुन्छ । अनुसन्धानमा बीपी अब्बल मानिन्छ । शिक्षामा पनि उस्तै अब्बल छ । उपचारमा पनि अब्बल नै छ । यहाँ प्रदेश १, मधेश प्रदेश र भारतको विहार राज्यका जिल्लाबाट नागरिकहरू सेवा लिन आइपुग्छन् । यहाँको विश्वासिलो सेवाकै कारण दैनिक ३ हजारभन्दा बढी नागरिकले सेवा लिइरहेका हुन्छन् । काठमाडौँपछि यति धेरै सेवा लिने अस्पताल सायदै होला । शिक्षा, उपचार र अनुसन्धानमा अब्बल मानिए पनि एउटै कारणले बीपी प्रतिष्ठान मुलुकमा मात्रै हैन≤ सबत्र आलोचित छ≤ त्यो हो राजनीति । राजनीतिका कारणले प्रदेशको मात्रै हैन≤ देशकै स्वास्थ्य क्षेत्रलाई डो¥याउने प्रतिष्ठान अधोगति उन्मुख छ । बुद्धिजीवीहरूले ‘जनकपुर चुरोट कारखाना’ बन्ने त होइन् भनेर जहिल्यै आशङ्का जताइरहेका हुन्छन् । यस्तो हुनु दुखद् हो ।
देशले नै गर्व गर्ने बीपी प्रतिष्ठानमा राजनीति हुँदै नहुनुपर्ने हो किनकि स्वास्थ्य क्षेत्रमा राजनीति भएको सुहाउँदैन । आज प्रतिष्ठानको जे हविगत भएको छ≤ त्यो सबै राजनीतिका कारणले भएको छ । देशको प्रधानमन्त्री कुलपति हुने व्यवस्था, स्वास्थ्यमन्त्री सहकुलपति हुने व्यवस्था छ । यो व्यवस्था ठीक कि बेठीक ? यदि विधि र पद्धतिअनुसार जाने हो भने यो व्यवस्था ठीक हो । तर, यहाँ विधि र पद्धतिभन्दा पनि माथि व्यक्ति हुन्छ । उसको विचार हुन्छ । जसकारण नियुक्ति प्रक्रियामा पुग्दा विधि गौण बन्न पुग्छ । खासमा कानूनी शासनमा व्यक्ति गौण हुन्छ≤ विधि नै प्रभावशाली हुन्छ । तर हाम्रो देशमा हालसम्म त्यो भएको पाइँदैन । आज रजिष्ट्रारको पद रिक्त रहेको एक वर्ष पुग्न लागिसकेको छ । यता अस्पताल निर्देशकको पद पनि खाली भइसक्यो । अब यी दुई पद परिपूर्ति गर्नका लागि राजनीति खिचातानी र आफ्नो पकडको मान्छे ल्याउन चलखेल सुरु हुने निश्चित छ । प्रधानमन्त्रीले आफ्नो पकडका मान्छे ल्याउने र स्वास्थ्यमन्त्रीले आफ्नो पकडका मान्छे ल्याउने खेल सुरु हुन्छ । अर्कोतिर कुलपति र सहकुलपति पछिको सबैभन्दा प्रभावशाली व्यक्ति उपकुलपति, जसले प्रतिष्ठानमा प्रत्यक्ष भूमिका निर्वाह गरेको हुन्छ । उसले पनि आफ्नो पक्षको मान्छेलाई नियुक्त गरेर आफ्नो प्रभाव देखाउन खोज्छ । यही प्रभावको रापतापमा आम नागरिक चेपिन्छन् । जसरी स्वास्थ्य सेवा दिनुपर्ने हो त्योअनुरूप हुन सक्दैन । शिक्षामा पनि त्यसको प्रभाव पर्छ । शिक्षामा परिसकेपछि स्वतः अनुसन्धानमा पर्ने नै भयो । राजनीतिको घिनलाग्दो खेलकै कारण आज प्रतिष्ठानको शाख दिनानुदिन खस्कदो छ ।
हामी कस्तो राजनीति संस्कारलाई अगाडि बढाउन खोज्दै छौ ? हामी कस्तो सामाजिक मूल्य मान्यतालाई स्थापित गर्न खोज्दै छौं ? कस्तो उपचार गर्न खोज्दै छौं ? कस्तो शिक्षा दिन खोज्दै छौं ? कस्तो अनुसन्धान गर्न खोज्दै छौं ? अब पक्कै पनि उत्तर खोज्ने बेला आएको छ । राजनीति देशको मूल नीति हो । तर, मूल नीति विधि र प्रक्रियामा चल्नुपर्छ, व्यक्तिमा होइन । व्यक्ति समाजका लागि गौण होला तर विधि गौण हुनै सक्दैन । विधि देशको मूल कानून संविधान हो । विधि संविधानवाद हो । लोकतान्त्रिक मूल्य मान्यतालाई र सरकारका कार्यलाई सीमित पार्नका लागि विधिले भूमिका खेल्छ । संविधानवादले भूमिका खेल्छ । त्यसो हुँदा राजनीतिको गोलचक्करमा पारेर कुनै संस्थालाई ‘जनकपुर चुरोट कारखाना’को हविगतमा पु¥याउने कार्य आफैमा घातक छ । हाम्रा संस्कार र प्रणालीमा परिवर्तन ल्याउन आवश्यक छ । राजनीतिभन्दा माथि स्वास्थ्य प्रणाली हो भन्ने सबै राजनीतिक दलले बुझ्न आवश्यक छ । त्यसैले तेरो मेरो नहेरी व्यक्तिको ‘क्यालिबर’लाई हेरेर नियुक्त गर्ने परिपाटीको विकास गर्नुपर्छ । यसका लागि कुलपति, सहकुलपति र उपकुलपतिले विधि र पद्धतिलाई अङ्गीकार गर्नैपर्छ ।