धरान । आधुनिक गीतकी प्रथम गायिका मेलवादेवी गुरुङको स्वरमा रेकर्ड भएको गीतलाई करिब एक शताब्दीपछि पुनः रकेर्ड गरिएको छ । 

उनले विक्रम संवत् १९८४ मा भारतको कोलकतामा ‘सवारी मेरो रेलैमा’ बोलको गीत रेकर्ड गरेकी थिइन् । उक्त गीतलाई सविन सुवेदी र बेनिशा पौडेलले स्वर भरेका छन् । कोलकताको ‘हिज मास्टर भ्वाइस कम्पनी’ मा रेकर्ड गरिएएको उक्त गीत अहिले भने काठमाडौंको अनामनगरस्थित म्यूजिक किचेनले रेकर्ड गरेको हो । 

मेलवादेवीको आफ्नै शब्द सङ्गीतमा तयार भएको गीतलाई राजेन्द्र बजगाईंले पुनः एरेञ्ज गरेका हुन् । सङ्गीत संयोजन पनि उनैको छ । भिडियोलाई केशबराज भट्टले तयार गरेका हुन् ।