धनकुटा / धरान नगरपालिका–१५ का १४ वर्षीय रिजन लोहनी पूर्वाञ्चल सिङ्गिङ स्टार आठौं संस्करणको उत्कृष्ट १० मा पर्न सफल भएका छन् । 

बागिना कला केन्द्र धरानको आयोजनामा जारी प्रतियोगितामा उनी उत्कृष्ट १० मा पर्न सफल भएका हुन् । फागुनको पहिलो साताबाट अडिसन सुरु गरिएको थियो । हालसम्म चारवटा राउण्ड पूरा भएको छ । रिजन धरान–१६ स्थित जेनिथ सेकेण्डेरी स्कुलमा कक्षा–९ मा अध्ययनरत छन् ।

उनलाई जिताउनका लागि मोबाइलको म्यासेज बक्समा गएर पिएसएस ०६ टाइप गरी ३४३४३ मा भोट गर्न सकिने रिजनले बताए । सानै उमेरदेखी गीत सङ्गीतमा चासो राख्ने गरेको उनको बुबा अविनास लोहनीले बताए । सबै प्रतिस्पर्धीलाई उछिन्दै आफ्नो छोरो अघि बढ्न सकोस् भन्ने उनको चाहना रहेको छ । 

आफ्नो छोरालाई भोटिङ गरेर सहयोग गर्न उनले सम्पूर्ण महानुभावहरूलाई आग्रहसमेत गरेका छन् । हालसम्म उनले फष्ट राउण्डमा मङ्की टेम्पल ब्याण्डको एक्युष्टिक एलेभेन, सेकेण्ड राउण्डमा सोप्निल शर्माको बाध्यता, थर्ड राउण्डमा कवर्ड ब्याण्डको मराचिड वेञ्ज र चौथो आयोजक राउण्डमा कसरी म भुलेँ भन्ने बोलको गीत गाएर फाइनल राउण्डको टप टेनमा पुग्न सफल भएकोले पनि भोटिङ गर्न रिजनले सम्पूर्ण सङ्गीतप्रेमी महानुभावहरूमा आग्रह गरेका छन् ।