महिलाको हकहित र अधिकारका लागि विभिन्न संघसंस्थाले आवाज उठाउँदै आए पनि श्रमिक महिलाहरुको यकिन तथ्यांक राज्यले दिन सकेको छैन । न स्थानीय सरकारले नै श्रमिक महिलाको तथ्यांक राख्न सकेको छ ।

अझ गम्भीर कुरो त श्रमिक महिलाहरुको स्वास्थ्य सेवामा पहुँच कति छ भन्ने यकिन छैन । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा धरान पनि यो मामिलामा टाढा छ ।  

श्रमिक महिलाको स्वास्थ्यलाई ख्याल गर्दै धरानमा महिला सञ्जालले १ हजार पिन्ट रगत संकलन गर्ने गरी रक्तदान कार्यक्रम आयोजना गर्दैछ । तर, श्रमिक महिलाहरुको स्वास्थ्य सेवामा पहुँच र यसको तथ्यांकबारे अन्योलता र अनभिज्ञता रहेको महिला सञ्जालका पदाधिकारी बताउँछन् । 

154083268_466238804558566_4980165850396144233_n

शुक्रबार धरानमा महिला सञ्जालद्वारा आयोजित पत्रकार सम्मेलनमा सञ्जालका पदाधिकारीले श्रमिक महिलाहरुको यकिन तथ्यांक राज्यले राख्न नसकेको बताए । उनीहरुलाई स्वास्थ्य सेवामा सहज पहुँच हुन नसकेको आरोप लगाए । महिला सञ्जालकी अध्यक्ष चेतना श्रेङले स्वास्थ्य सेवाबाट बञ्चित वा सहज सेवाका लागि पहुँच पु¥याउन नसकेका श्रमिक महिलाहरुको तथ्यांक नभए पनि सञ्जालले उनीहरुको आधारभूत हक र अधिकारका बारेमा पैरवी गर्दै आएको बताइन् । 

श्रमिक महिलाको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सञ्जालले आगामी फागुन १८ गते भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा बिहान ७ बजेदेखि रक्तदान कार्यक्रम आयोजना गर्दैछ । 

‘नेतृत्वमा नारीः कोभिडको संसारमा समान भविष्यको प्राप्ति’ भन्ने नारासहित मनाउन लागिएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना हुने छ ।

154055729_447433916697575_9007243152776559254_n

कोभिडका कारण रक्तदान गर्नबाट त्रसित र बञ्चितहरुका लागि कार्यक्रम आयोजना गरिएको सचिव लहरु जिमीले बताइन् । 

‘धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गर्भवती, बालबच्च, वृद्धवृद्धा, घाइँते, तथा शल्यक्रियाका बिरामीका लागि हरेक दिन रगतको खोजी भइरहन्छ, अभाव खड्किन नदिनँ कार्यक्रम आयोजना गरिएको हो ।’ सचिव जिमीले भनिन् । 

सोही अवसरमा धरानलाई रक्तदाताको शहरका रुपमा चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ३ संस्थालाई सम्मान गर्ने योजना रहेको रक्तदान कार्यक्रमकी संयोजक निर्मला शाक्यले जानकारी दिइन् । 

०६६ सालमा महिला अधिकारका निम्ति कार्यरत ३७ संघसंस्थालाई एकताबद्ध गरी ‘लुजफोरम’ का रुपमा तत्कालीन धरान नगरपालिकाको सहयोगमा स्थापना भएको महिला सञ्जाल धरानले महिला सशक्तीकरण तथा न्यायिक सम्बोधनका लागि पैरवी गर्दै आएको छ । 

तस्बिरहरुः ब्लाष्ट / उपेन्द्र चाम्लिङ