धरान/१३ वर्षीय अनुषा राईको मृत्यु प्रकरणलाई कमजोर बनाउन खोजिएको भन्दै महिला सञ्जाल धरान नगरले इलाका प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । [caption id="attachment_34807" align="alignnone" width="700"] तस्बिर सहयाेगः सुनिता केसी रार्इ[/caption] बिहीबार नगरले इप्रका धरानका प्रमुख उपसचिव कमलबहादुर थापामार्फत् प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै थापाले उक्त पत्रलाई सिधै फ्याक्स मार्फत् प्रधानमन्त्री कार्यालयमा पठाएका छन् । महिला सञ्जालले राईको हत्या प्रकरणलाई कमजोर बनाउदै पीडक बलिमान राई र पदमकुमारी राई दम्पतीलाई उन्मुक्ती दिन खोजेको उनीहरुको आरोप छ । पीडित किशोरीले न्याय पाउने वातावरण सिर्जना नभएमा जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको सञ्जालकी सदस्य सुनिता केसी राईले बताइन् । उनका अनुसार एकसय ७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन अनुशा राईलाई न्याय दिलाउनको लागि गराइएको हस्ताक्षर अभियानको हस्ताक्षरित ब्यानरसमेत प्रशासनलाई बुझाएको छ । उक्त हस्ताक्षरित ब्यानर कुरियर मार्फत् पठाउने तयारी भएको उपसचिव थापाले बताए । राईको मृत्यु प्रकरणलाई रहस्यमय बनाउ“दै लाने र पीडकलाई उन्मुक्ती दिने प्रयास राज्यपक्षबाट भैरहेको सञ्जालले ठहर गरेको छ । घटनाको यर्थाथता र सत्यतालाई तोडमरोड गरेर पीडकलाई उन्मुक्ति दिएमा सञ्जाल आन्दोलनमा होमिनेसमेत बताएको छ । सञ्जालले महिला आयोग र राष्ट्रिय मानवअधिकार आयोगमा वोदार्थ गरेका छन् । यो घटनाको निस्पक्ष छानविन हुने उपसचिव थापाले बताए । सञ्जालकी नगर उपाध्यक्ष सविता राईको नेतृत्वमा ज्ञापन पत्र बुझाएको हो । सञ्जालमा ३९ वटा महिला सम्बद्ध संगठनहरु सम्मिलित छन् ।