धरान । महिला सञ्जाल धरानको अध्यक्षमा चेतना श्रेङ सर्वसम्मत चयन भएकी छिन् ।

सञ्जालको पाँचौं अधिवेशनले शनिबार उनलाई अध्यक्षमा चयन गरेको हो । सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा भएको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सपना राई, प्रथम उपाध्यक्षमा कोपिला भट्टराई र द्वितिय उपाध्यक्षमा यसोदा कायस्थ, सचिवमा लहरुमाया जिमी (याक्खा), कोषाध्यक्षमा सकुन भुसाल, सहसचिवहरुमा सीता मगर र निर्मला शाक्य, सहकाेषाध्यक्षमा निर्मला नेपाल चयन भएका छन् ।

सञ्जालमा आवद्ध धरानभरिका ३७ वटा संस्थाहरु मध्येबाट छानिएका प्रतिनिधिहरु सदस्यमा चयन हुने छन् । सञ्जालकी निवर्तमान अध्यक्ष सविता राईको अध्यक्षतामा भएको कार्यक्रममा धरान उपमहानगरपालिकाकी उप प्रमुख मञ्जु भन्डारी प्रमुख अतिथी रहेकी थिईन् ।