विजयपुर । महिला सञ्जाल धरानका नवनिर्वाचित पदाधिकारीको पदस्थापन गरिएको छ ।

शनिबार सुनसरी उद्योग वाणिज्य सङ्घ धरानको सभाहलमा आयोजीत कार्यक्रममा पाँचौं अधिवेशनबाट निर्वाचित सञ्जालका पदाधिकारीहरुको पदस्थापन गरिएको हो । 

गत असोज–१०मा सम्पन्न अधिवेशनले चेतना श्रेङको अध्यक्षतामा ३७ सदस्यीय कार्यसमिति चयन गरेको थियो । समितिको वरिष्ठ उपाध्यक्षमा सपना राई, उपाध्यक्षमा कोपिला भट्टराई र यसोदा कायस्थ, सचिवमा लहरुमाया जिमी (याक्खा), कोषाध्यक्षमा शकुन्तला भुसाल, सहसचिवमा सीता मगर र निर्मला शाक्य, सहकोषाध्यक्षमा निर्मला नेपाल तथा समितिको सदस्यहरुमा सावित्री इवाराम, रेखा कार्की, माया श्रेष्ठ, कल्पना शेर्पा, इन्दुदेवी श्रेष्ठ, शुभेच्छा अधिकारी, उत्तरा शाक्य, मधु स्थापित, पुजा बिमली, रीता खापुङ, बिना कुमारी राई, मनिता चाम्लिङ्, ज्योती लिम्बू, कुमारी राई, चन्द्र हलवाई, भावना कर्मचार्य, मञ्जु शाक्य, इन्द्रकला राई, जमुना खड्का, गंगा निरौला, यशोदा उप्रेती, सृजना राजभण्डारी सदस्य रहेका छन् । 

निवर्तमान अध्यक्ष सविता राईको अध्यक्षतामा भएको कार्यक्रममा धरान उपमहानगरका प्रमुख तिलक राई प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख राईले सञ्जालले समग्र महिलाहरुको हितमा काम गर्नुपर्ने बताए । उनले नगर क्षेत्र भित्रको कुनै स्थानमा महिला सञ्जालको कार्यालयका लागि पहल गर्ने बताए । उनले भने, ‘एउटै भवनमा विभिन्न सङ्घसंस्थाको कार्यालय एउटै भवनमा बनाउँदा कम खर्चिलो र बहुउपयोगी हुन्छ ।’ 

कार्यक्रमका विशेष अतिथि इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले धरानको महिला सञ्जालले महिला मात्र नभएर बालबालिका, किशोरी साथै समग्र समाजको हितमा काम गर्न नेपाल प्रहरीले साथ दिने बताए । वडा नं.–१३ का अध्यक्ष नेत्रप्रसाद काफ्लेले सञ्जालको कार्यालयको लागि आफ्नो वडामा जग्गा उपलब्ध गराउने प्रतिवद्धता गरे । सञ्जालका परिकल्पनाकार सुनिल नेपालले सञ्जालले महिलाका लागि मात्र नभएर बालसञ्जाल र किशोरीहरुको सञ्जाललाई पनि समेट्नु पर्ने वताए । सञ्जालले समाजसेवी तथा वुद्धिजिवी सह–प्राध्यापक डा. राजेन्द्र शर्मालाई सम्मान गरेको छ ।

20210206_132331 1

कार्यक्रममा २०७६ को अन्र्तराष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा आयोजित ‘नेपालमा महिला विभेद र राज्यको भुमिका’ विषयक अन्तर मा.वि.वत्तृmत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो । प्रतियोगिता धरान उपमहानगरको सहयोगमा सञ्जालले आयोजना गरेको थियो । प्रतियोगितामा पब्लिक हाई स्कुल धरानकी स्वस्तिका धमला प्रथम भएकी थिइन् । उनलाई नगद १० हजार र प्रमाणपत्र प्रदान गरियो त्यस्तै शिक्षा निकेतन माविकी तृष्णा लिम्बू दोस्रो भएकी थिइन्, सरस्वती मावि पानवारीकी पुष्पा कट्वाल तेस्रो र शिक्षा सदनकी मेनुका दर्जी सान्तवना भएकी थिइन् । उनीहरुलाई क्रमशः ३ हजार, २ हजार, १ हजार नगद र प्रमााणपत्रले पुरस्कृत गरिएको हो ।