धरासायी बन्दै छ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान । प्रष्ठिानलाई साख जोगाउनै मुस्किल । प्रष्ठिानमा लापरवाही । बीपी प्रतिष्ठान आर्थिक अनियमितता गर्ने अखडा ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नियमित छैन भन्ने समाचारका यी शीर्षकका तथ्यले देखाउँछ । तर धरासायी भनेको के ढलेकै हो त ? आर्थिक रुपले जर्जर छ त प्रतिष्ठान ? प्रतिष्ठानको आर्थिक विश्लेषण ।  

धरासायी भनेको के ढलेकै हो त ? आर्थिक रुपले जर्जर छ त प्रतिष्ठान ?


– ‘होइन ।’ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता चुडामणि पोख्रेल भन्छन्, ‘आर्थिक रुपमा प्रतिष्ठान कोभिड अगाडिको तुलनामा ५० प्रतिशत बढी घाटा ब्योेहोर्न बाध्य छ, यसका पनि केही तथ्य छन् ।’

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुख्य आर्थिक स्रोत अस्पताल र एकेडेमी हुन् । 

सहप्रवक्ता पाख्रेलका अनुसार कोभिड संक्रमण अघि ८.२४ करोड मासिक आय हुने प्रतिष्ठानले कोभिड संक्रमणको अवस्थामा २.२ करोड मात्र मासिक आम्दानी गर्न सक्यो । कोभिड संक्रमणको चाप घटेपछि मासिक आय ४.२४ ले उकालो लाग्यो भने विगत २ महिनादेखि ६.७ करोड मासिक आय भइरहेको छ ।

‘सरदरमा हेर्दा हाल प्रतिष्ठानलाई मासिक ४ करोड घाटा छ,’ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आर्थिक सल्लाहकार अमित कौड्गिया भन्छन्,‘यो परिस्थितिजन्य विपद्बाट सिर्जित विषयलाई अनियमिततासँग जोड्न मिल्दैन ।’

एकेडेमीअन्तर्गत कोभिड संक्रमणका कारण सन् २०२० मा विद्यार्थीहरुको भर्ना हुन सकेन । विद्यार्थी  भर्नाबाट २२ करोड आम्दानी गर्दै आएको प्रतिष्ठानले यो घाटासमेत ब्योहोर्नु प¥यो । आर्थिक सल्लाहकार कौड्गिया भन्छन्, ‘विद्यार्थीको एउटा ब्याचले एड्मिसन नगर्दा यसको आर्थिक प्रभाव साढे ५ वर्षसम्म पर्छ ।’

सरकारले कटौती गरेको एमबीबीएस कोटा र विदेशीका लागि छुट्याइएको कोटा कटौती गर्दा समेत प्रतिष्ठानले व्ययभार बोक्नु परेको छ । सन् २०१८ मा १२८ करोड आम्दानी गरेको प्रतिष्ठान सन् २०२० मा शून्यको अवस्थामा झ¥यो भने सन् २०२१ मा ८८ करोड अनुमानित आय प्रक्षेपण गरेको छ ।

आम्दानी उठेन 

सरकारबाट स्वास्थ्य बिमा, विपन्न नागरिक र अन्य विविध सरकारी सुविधावापत् प्रतिष्ठानले प्राप्त गर्नुपर्ने रकम प्राप्त गर्न सकेको छैन । 

प्रतिष्ठानले स्वास्थ्य बिमावापत् मात्रै १४ करोड रुपैयाँ प्राप्त गर्नुपर्ने देखिन्छ । विपन्नलगायत अन्य स्वास्थ्य सेवा प्रदान गरेवापत् सरकार र अन्य स्रोतबाट ३२ करोड प्राप्त गर्नुपर्ने देखिन्छ । ‘सरकारबाट प्राप्त गर्नुपर्ने नियमित रकम नआउँदा समेत आर्थिक रुपमा धरासायी बन्नु परेको छ ।’ सहप्रवक्ता पोख्रेल भन्छन् । 

‘बिपी प्रतिष्ठानले प्राप्त गर्नुपर्ने एकतिहाई आम्दानी सरकारी कारणले फ्रिज भएको अवस्थामा छ,’ प्रतिष्ठानका आर्थिक सल्लाहकार कौड्गिया भन्छन्, ‘सरकारले नियमित दिनुपर्ने रकम दिएको छैन, मासिक ३ करोड भुक्तानी गर्नुपर्ने तथ्यांकले देखाउँछ ।’

के मा खर्च गर्छ प्रष्ठिानले ?

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सबैभन्दा बढी खर्च सरदर ६५ प्रतिशत तलबवापत् खर्च हुने गरेको छ । अस्पतालमा लाग्ने केमिकल (रिएजेन्ट) मा १० प्रतिशत र अन्य मर्मत, सम्भार र सरसफाइमा खर्च हुने गरेको तथ्यांक देखिन्छ । 

आम्दानी वृद्धिका लागि योजना

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्ववत् आम्दानीको लयमा फर्किंदै छ । सहप्रवक्ता पोख्रेलका अनुसार सबै (सातै वटा) ओटी सञ्चालन आएका छन् । पेइङ ओटी सञ्चालनका क्रममा छ । आफ्नै फार्मेसीबाट औषधि बिक्री गर्नुपर्ने सरकारी नियमको पालना गर्दै प्रतिष्ठानले औषधि खरिदका लागि टेण्डर आह्वान गरेको छ । 

bpphoto

शब्दः नवराज विष्ट
तस्बिर/भिडियोः प्रदीप चौधरी
भिडियाे सम्पादनः डम्बर कार्की