धरान । कोरोना महामारीले बन्द सिनेमा हल खुलेपनि कुनै नयाँ नेपाली फिल्म रिलिज नभईरहेको अवस्थामा ‘एक्शन किङ्ग’का रुपमा चिनिने नायक शिव श्रेष्ठले निर्माण गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ ले माघ १ गतेबाट देशभर प्रदर्शन गर्न जमर्को गरेको छ । नायक शिब श्रेष्ठको यो कदममा साथदिंदै लायन्स क्लब अफ धरान ,पन्चकन्या र लायन्स क्लब अफ, धरान जुम्बाले धरानको गोर्खा सिनेप्लेक्समा एउटा विशेष प्रदर्शन गर्ने भएका छन् ।

माघ १ गते साँझ ५ : ३० बजेको स्पेशल शो मा नायक शिब श्रेष्ठको समेत बिशेष उपस्थिति रहने स्थानीय आयोजक लायन्स क्लब अफ धरान पन्चकन्याले जनाएको छ । शिव श्रेष्ठ , प्रियंका कार्की, वर्षा राउत , आयुष्मान देशराज, मिथिला शर्मा , राजाराम पौडेल , बसुन्धरा भुषाल, बिष्णु चेम्जोङ्ग, रेखा फागो, सन्जोग कोइराला, प्रभु श्रेष्ठसंगै नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले पहिलो पल्ट सिनेमाको पर्दामा यसै फिल्म मार्फत डेब्यु गर्दैछन।

त्यस्तै चलचित्रकर्मी महासंघ प्रदेश नं. १ का अध्यक्ष अरुणकुमार प्रधानले समेत नायक शिव श्रेष्ठसंगै शुक्रबार इटहरी र धरानका दर्शकहरुबीच फिल्म हेर्ने व्यवस्था मिलाउने बताएका छन् । एउटा यस्तो प्रेम कहानीको ट्रेलर समेत भर्खरै सार्वजनिक गरिएको छ ।

विषम परिस्थितिमा हलमा फिल्म चलाउने घोषणा गरेपछि हलहरुले ७० प्रतिशत सेयर दिने घोषणा गरिसकेका छन् ।

यस्तो छ फिल्मको ट्रेलर :