ब्लाष्टखबर । धरानमा १७९ जना सहित  प्रदेश १ मा आज २३७ जना कोरोना संक्रमित थपिएका छन् । याे संगै  प्रदेश १ मा संक्रमितकाे कुल संख्या १७ हजार ६५१ पुगेको छ । जसमा ४२७ जनाकाे स्थाइ ठेगाना प्रदेश १ बाहिर रहेकाे छ । 

आज संक्रमित हुनेहरूमा सुनसरीका ७८ महिला र  १०९ जना पुरूष गरी १८७ जना, झापामा  ११ महिला र २० पुरूष गरी ३१ जना, माेरङमा ३ महिला र ५ पुरूष गरी ८ जना, इलाममा ३ महिला र ५ पुरूष गरी ८ जना र प्रदेश १ बाहिरका २ महिला र १ पुरूष गरी ३ जना रहेका रहकाे सामाजिक विकास मन्त्रालयले जनाएकाे छ । 

संक्रमित हुने हरूमा सबै भन्दा बढि सुनसरीकाे धरानमा ७४ जना पुरूष र १०५ जना महिला गरी १७९ जना रहेका छन् ।  इटहरीमा ४ महिला र ४ पुरुष गरि ८ जना संक्रमित थपिएका छन् ।

त्यस्तै, झापाको गौरीगञ्जमा ७ जना पुरूष, विर्तामोडमा ५ जना पुरूष र ६ जना मिहला गरी ११ जना, भद्रपुरमा १ जना महिला , गौरादहमा १ महिला र १ पुरूष  गरी २ जना, हल्दिबारीमा  १ जना पुरूष  र कन्काईमा ४ महिला र ५ पुरूष गरी ९ जनामा संक्रमण पुष्टि भएको छ । 

माेरङकाे  उर्लाबारीमा १ महिला र ३ पुरूष गरी ४ जना, पथरीशनिश्चरेमा १ महिला,  विराटनगरमा १ महिला र १ पुरूष गरी २ जना, बेलबारीमा १ पुरूष, इलामकाे राेड गाउँपालिकामा २ महिला र २ पुरूष गरी ४ जना, इलाम नगरपालिकामा ३ पुरूष, मिक्लाजुङमा १ महिलामा काेराेना संक्रमण पुष्टि भएकाे छ । 

आज प्रदेश १ मा ५२७ जना काेराेना संक्रमित डिस्चार्ज भएका छन् । याेसंगै  डिस्चार्ज हुनेकाे कुल संख्या ८ हजार ६४३ पुगेकाे छ । जसमा प्रदेश १ स्थाइ ठेगाना नभएका १७३ जना रहेका छन् । 

प्रदेश १ मा अाज ५ जना काेराेनन संक्रमितकाे मृत्यु भएकाे छ । याेसंगै प्रदेश १ मा मृत्यु हुनेकाे कुल संख्या १७१ पुगेकाे छ । जसमा प्रदेश १ स्थाइ ठेगाना नभएका १६ जना रहेका छन् ।