पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा पनि कोरोना भाइरस संक्रमणको गति तीव्र बनेको छ । कोरोना संक्रमणका कारण पछिल्लो पटक २ जनाको ज्यान गएको छ ।  

     कोरोनाका कारण वडा नम्वर २ का ४८ वर्षीय प्रेम लिम्बू र ३ का ६४ वर्षीय खड्ग शंकरको मृत्यु भएको छ । यसअघि वडा नम्बर १ का ५७ वर्षीय रामकाजी थापाको मृत्यु भएको थियो ।

      नगरमा कोरोना संक्रमण दिनदिनै बढेपछि नगर प्रमुख दिलीपकुमार राईले दशैंतिहार, छैट लगायतका चाडपर्वका बेला झनै बढी स्वास्थ्य सतर्कता अपनाउन नगरवासीमा अनुरोध दोहोर्याएका छन् ।

कोरोनाको बढ्दो संक्रमणका कारण भीडभाड नगरी पाहुना जाने र पाहुना आउने कुरालाई रोकेर मात्र आआफ्नो घर घरमै बसेर चाडपर्व मनाउनु पर्ने बाध्यता रहेको जनाए ।

अत्यन्तै स्वास्थ्य सावधानी अपनाएर आफुपनि बच्न र अरुलाई पनि बचाउन उनको आग्रह छ  । दशैंको विदाको समयमा कोरोना जाँचको अवस्था समेत असहज हुने हुँदा भौतिक दूरी कायम गर्दै अनिवार्य रुपमा मास्क लगाउने, साबुनपानीले हात धुने र सेनिटाइजर लगाएर स्वास्थ्य सतर्कता अपनाउन थप आग्रह गरेका छन् ।