ब्लाष्टखबर । धरान उपमहानगरपालिकाका थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा  धरान १६ की ८३ बर्षीय वृद्धा रहकी छिन् ।

 उनकाे धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे काेराेना अस्पतालमा आज बिहान ३ बजेर ५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठ बताएका छन् । 

श्रेष्ठका अनुसार धरान १६ की वृद्धा उच्चरक्तचापकाे बिरामी हुन् ।