ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा इटहरीका थप एक काेराना संक्रमितकाे मृत्यु भएकाे छ । 

मृत्यु हुनेमा इटहरी ४ का ७९ वर्षका वृद्ध पुरूष रहेका प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठ ले बताएका छन् । गत बिहिबार काेराेना संक्रमण पुष्टिभएकाे मृतक बृद्ध आइतबार प्रतिष्ठानकाे काेभिड अस्पतालमा भर्ना  भएका थिए ।  उच्च रक्तचाप र मृगौलाको समस्या रहेको बृद्धकाे आइतबार दिसाे ४ बजे मृत्यु भएकाे प्रतिष्ठानले जनाएकाे छ । 

 मृतकको शवलाई नियम अनुसार व्यवस्थापन गरिने पनि प्रतिष्ठानले जनाएको छ ।