विराटनगर । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले कृषि पेशलाई प्रमुख प्राथामिकतामा प्रदेश सरकारले राखेको बताएका छन् ।
मोरङको ग्रामथान गाउँपालिका–७ नेताचौकस्थित तकिया कृषि फर्म प्रालि द्धारा संचालित जिउँदो माछा विक्री तथा प्रशोसन केन्द्रको बिहीबार उद्घाटन गर्दै मन्त्री आङ्बोले यस्तो बताएका हुन् ।
किसानबाट उत्पादित बस्तु अब बिचौलियाको हातमा नभएर सिधै उपभोक्ताले पाउने गरि बजारीकरण गरिन प्रदेश सरकारले संयन्त्र बनाएर अगाडी बढने उनले बताए । ‘किसानले उत्पादन गरेको बस्तु बिचौलियाको हातमा पुग्दा अहिले उपभोक्ताले महङगो मुल्यमा कृषिजन्य उत्पादन खरिद गर्नुपरेको,’ मन्त्री आङ्बोले भने,‘अब कृषकले उत्पादन गरेको बस्तुको उत्पादन सिधै उपभोक्ताको हातमा पुग्ने गरि बजारिकरणको संयन्त्र बनाउन प्रदेश सरकारले अगाडी बढेको छ ।’
उनले कृषि पेशालाई विशेष प्राथामिकता राखेर प्रदेश सरकार अगाडी बढेको जानकारी दिए । मन्त्री आङ्बोले विदेशबाट आयतलाई कम गरि कृषिजन्य उपजलाई दिर्घकालिन हिसाबले विदेशसम्म निर्यात गर्ने योजनामा प्रदेश सरकारले आफ्ना कामहरू अगाडी बढाएको बताए । आयतलाई प्रतिस्थापन गरि निर्यातलाई प्रवद्र्धन गरि कृषिजन्य उत्पादनहरूमा आत्मनिर्भर बनाउने प्रदेश सरकारको मुख्य उद्देश्य रहेको मन्त्री आङ्बोको भनाई छ । ‘सरकारले संचालन गरेको अनुदान कार्यक्रम सफल हुन नसकेको छैन,’ उनले भने, ‘कृषकहरूलाई सर्वलपसुरलप ब्याजदरमा कर्जा उपलब्ध गराई कृषिलाई व्यवसायिक बनाउन प्रदेश सरकार लागि पर्नेछ ।’ उनले कृषिजन्य उत्पादनलाई सहज हिसाबले बजारीकरण गराइ व्यवसायिक बनाउनुपर्नेमा जोड दिए ।
‘प्रदेश सरकारले अहिले यही दुई कुरालाई मुख्य प्रथामिकतामा राखेर आगमी दिनमा बजेट छुटयाउने योजना रहेको छ,’ मन्त्री आङ्बोले भने, ‘आधुनिक कृषि औजार र उपकरणहरूको प्रयोग गरि उत्पादन बढानुपर्दछ ।’ उत्पादनमा आधरित कृषिमा अनुदान कार्यक्रम आगमि दिनमा प्रदेश सरकारले ल्याउने उनले बताए । आगमी दिनमा कृषिलाई अत्मनिर्भर बनाइ विदेशमा उत्पादन भएको कृषिसँग प्रतिस्पर्धा गर्न योग्य बनाउन प्रदेश सरकारले कृषिलाई प्राथामिकतामा राखेको उनको भनाई छ । ‘कृषि पेशा अत्यन्तै दुःखी र जटिल रूपमा हेरिन्छ । यो कुरा हामीले पनि अनुभुती गरेका छौं,’ मन्त्री आङ्बोले भने, ‘कृषि क्षेत्रलाई परिवर्तन गरि व्यवसियक बनाउनुपर्ने छ ।’
कार्यक्रममा प्रदेश १ का उद्योग बन, पर्यटन तथा बावतरण राज्य मन्त्री बिजय विश्वासले आधुनिक उपकरणहरूको प्रयोग गरि कृषि पेशालाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिए । उनले कृषिजन्य उत्पादनलाई व्यवसायिक बनाउन सकेमात्र आर्थिक वृद्धिदर बढेर जाने बताए ।
कार्यक्रममा सुन्दरहरैचा वाणिज्य संघका अध्यक्ष तथा तकिया कृषि फर्मका संचालक नवराज चपगाइले राज्यले कृषकहरूलाई उत्पादन जन्य बस्तुमा अनुदान दिनुपर्ने बताए । ‘अहिले राज्यले दिने गरेको अनुदान बास्तबिक कृषहरूले पाइरहेको छैन,’ उनले भने, ‘राज्यले दिने गरेको अनुदान कार्यक्रम अब उत्पादनमा केन्द्रित हनुपर्दछ । जसले गर्दा कृषि पेशा व्यवसायिक बनेर जादछ ।’ कार्यक्रममा तकिया कृषि फर्मका संचालक राजेन्द्र प्रसाद खनाल, नेकपा ग्रामथान गाउँपालिका अध्यक्ष कुमार आचार्य लगायले बोल्नुभएको थियो ।
तकिया कृषि फर्मद्धार संचालनमा आएको जिउँदो माछा विक्री तथा प्रशोसन केन्द्रमा सबै प्रकारको जिउँदा माछा पाइने संचालक गणेश उप्रेती सुशिलले बताए । २ हजार केजी क्षमताको जिउँदो माछा विक्री तथा प्रशोसन केन्द्र भित्र चार वटा पोखरी छन् । जहाँ विक्रीको लागि जिउँदो माछा स्टोक गरि राखिने गरिन्छ । तकिया कृषि फर्मले माछाको भुरा पनि विक्री वितरण गर्ने भएको उप्रेतीले जानकारी दिए ।
‘माछाको भूरा लिन भारत जानुपर्ने बाध्यता अब अन्त्य हुदैछ,’ उनले भने्, ‘माछाको पारखीहरूको लागि जिउँदो माछा पनि यही पाइन्छ । माछा पाल्न कृषकहरूको लागि भूरा पनि स्वदेशै उत्पादन हुने गर्दछ ।’ तकिया कृषि फर्मले जिउँदो माछा ३ सय देखि ३ सय ५० रुपैया र भूरा माछा ६ सय देखि ६ सय ५० रुपैयाँले विक्री वितरण गर्दै आएको छ ।