श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल जेठ ५ गते सोमबार, १९ मे २०२५, सिद्धार्थीनाम संवत्सर। ज्येष्ठ कृष्णपक्षको सप्तमी तिथि ०१ः४५ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र श्रवण १६ः४१ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्याेदय ०५ः१५ बजे र सूर्यास्त ०६ः४७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका केही काम बन्नेछन् । साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूको काममा जुट्नुपरे पनि फाइदा आफैलाई हुनेछ। आध्यात्मिक मनोवृत्तिले समाजसेवामा प्रवृत्त गराउला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आकस्मिक समस्याले दौडधुप गराउन सक्छ। स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
गरेका कामलाई भने निरन्तरता दिन सकिनेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पछि फाइदा दिने काम सम्पादन गर्न सकिनेछ। अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले साथ दिनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धनलाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यवसायका लागि यात्राको सम्भावना छ । सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। मित्रताको बन्धन कसिने समय छ।