भद्रपुर । कटान अनुमतिभन्दा बाहिर चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले अवैधरूपमा समितिको मिलमा काठ चिरान गरिरहेको अवस्थामा डिभिजन वन कार्यालयले बरामद गरेको छ ।
शुक्रबार बेलुका ४.३० बजे चन्द्रगढी सामुदायिक वन उपभोक्ता समिति भद्रपुर–९ ले आफ्नो मिलमा अवैधरूपमा चिरान गरिरहेको अवस्थामा ८३.५२ क्यु.फिट सखुवाको चिरान काठ बरामद गरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
कटान अनुमतिभन्दा बाहिर वन समितिले काठ चिरान गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय झापाका वन अधिकृत जीवन पाठकले बताए । काठ आवश्यक कारबाही लागि डिभिजन वन कार्यालयमा ल्याइएको उनले जानकारी दिए ।