धरान । सुनसरीको धरानस्थित निर्वाणा कन्ट्री क्लबमा शनिबार छैटौँ चेयरमेन एमेच्योर गल्फ टुर्नामेन्ट सम्पन्न भएको छ । स्ट्रोक प्लेका आधारमा खेलाइएको १८ होलको खेलमा सयेश प्याकुरेल विजेता भए । 

यस्तै बलबहादुर राई दोस्रो हुँदा भीम दाहाल तेस्रो भएका छन् । यस्तै जुनियरतर्फ आयुस बास्फोर विजेता बन्दा रेगम लिम्बू र सिद्धार्थ राई क्रमशः दोस्रो र तेस्रो भएका छन् । खेलमा मोस्ट बर्डिज गजेन्द्र लिम्बू, क्लोजेस्ट टु दी पिन दिवस तुलाधर घोषित भए । विजेताहरूलाई विभिन्न इलेक्ट्रोनिक्स सामानहरू उपलब्ध गराइएको धरान–१९ का वडाध्यक्ष पूर्ण लिम्बूले जानकारी दिए । 

यस्तै लङ्गेस्ट ड्राइभमा रितेश तामाङ, मोस्ट बर्डिजमा गजेन्द्र लिम्बू घोषित भएका छन् । सिनियरतर्फ जगमोहन राई र विजय राई क्रमशः पहिलो र दोस्रो भए । यता ग्रस विजेतातर्फ सुमन परियार र पदमहाङ लिम्बू क्रमशः विजेता र उपविजेता भएका छन् । 

विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि एसएसपी भीम दाहाललगायत विभिन्न वडाका वडाध्यक्षहरूले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको आयोजना धरानका २० वटै वडाहरूले गरेका हुन् ।